लुम्बिनीखबर
भैरहवा, ३२ साउन । नेपाल–भारत मैत्री संघ उप–शाखा बेलहियाले भारतको ७८ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा ध्वजारोहण कार्यक्रम गरेको छ ।
विहिवार संघले नेपाल–भारत सीमाक्षेत्र सुनौलीमा भारतको स्वतन्त्रता दिवसमा ध्वजारोहण गर्दै शुभकामना व्यक्त गरेको छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाल–भारत मैत्री संघ उप–शाखा बेलहियाका अध्यक्ष पशुपती कान्दु नेपाल–भारत सम्बन्ध विश्वको उदारणीय रहेको भन्दै मित्र राष्ट्र भारतलाई ७८ औँ स्वतन्त्रता दिवसको शुभकामना दिए ।
ध्वजारोहण कार्यक्रममा प्रमुख अतिथि एसएसबीका सायक कामन्डेटले सीमाक्षेत्रमा दुबै देशका नागरिकमा भएको गाढा सम्बन्ध संसारभरका मानिसहरुका लागि उदारणिय बनेको बताए । उनले नागरिक विचको सम्बन्ध, व्यापार तथा व्यवसायी र धार्मीक सम्बन्धले नेपाल–भारत सम्बन्धलाई उचाईमा पुराएको जनाए ।
नेपाल–भारत मैत्री संघका केन्द्रिय सचिव अरुण पाण्डेले सामाजिक, सांस्कृतिक तथा धार्मिक र व्यापारिक सम्बन्ध सधै सकारात्मक पक्षमा रहेको नेपाल–भारतलाई एकतावद्ध बनाउने काम नेपाल–भारत मैत्री संघले गरेको बताए ।
कार्यक्रममा नेपाल–भारत मैत्री संघ के। उपाध्यक्ष वासुदेव रिमाल, लुम्बिनी प्रदेश सदस्य दर्गा नारायण, भुतपुर्व राष्ट्रिय अध्यक्ष मुरारीलाल अग्रवाल, जिल्ला अध्यक्ष श्रीचन गुप्ता, वरिष्ट उपाध्यक्ष राजु गुप्ता, उपाध्यक्ष पशुपती वर्मा, कोाषध्यक्ष दिलिप हरिजन, नलिन शर्मा, सल्लाहकारहरु अर्जन गिरी, राजकुमार नायक, वैजु यादव, राजु गुप्ता लगायतको उपस्थित रहेको थियो