अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ५ भाद्र । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ५ मोहसड गाउँमा बस्ने २८ वर्षिय वाजिहुद्दिन मुसलमान “आफ्नो गाउँ समाज आफै बनाउनुपर्छ ।”भन्ने लक्ष्य लिई समाज सेवामा निरन्तर खटिरहेका छन् । जुन काम सरोकारवाला लुम्बिनी साँस्कृतिक नगरपालिका र वडाहरुले गर्नुपर्ने थियोे त्यस्ता काम एउटा समाजसेवी युवाले गरेका छन् ।
समाजमा रहेका विभिन्न किसिमका गरिब, दुःखी, दीन, असहायलाई सहयोग गर्ने देखि लिएर विकासका पूर्वाधारमा देखिएको कठिनाईको विषयमा पहल गरेका छन ।
वाजिहुद्दिन आफ्नो पहलमा बाटोमा परेका खाल्डाखुल्डी पुर्नुका साथै नगरपालिका स्तरीय दुई हजार भन्दा बढी बिरुवा वितरण वितरण गरेका छन् । विपद्को समयमा राहत ठाउँठाउँमा राहत वितरण गरेको देखिन्छ । मानवीय धर्म भनेको “सेवा गर्नु नै हो” भन्ने वाजिहुद्दिनको सोच रहेको छ ।
वाजिहुद्दिनका अनुसार स्वास्थ्य नै मानिसको मूल धन हो । जब मानिस स्वस्थ हुन्छ अनि मात्र उसले अरुको लागि केही गर्न सक्छ । स्वस्थको विषयलाई ध्यानमा राखि समयसमयमा विभिन्न किसिमका स्वस्थ्य विशिवर सँचालन गरेको देखिन्छ । आँखाबाट मानिसहरुले भोग्नुपर्ने समस्यालाई न्यूनीकरणका निःशुल्क आँखा शिविर परिक्षण कार्यक्रम संचलन गरी ३ सय ५० जनाको गरिएको थियो । जसमध्ये २० जना महिलापुरुष गरी मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । यसरी मुसलमानले आफनो गाउँठाउँमा उल्लेखनीय कार्य गरी अगाडी बढ्ने बताउनुभयो ।
वाजिहुद्दिनले विगतको दुई वर्ष देखि निरन्तर समाजसेवामा खटेको स्थानीयहरु बताउनुहुन्छ । सामाजिक कार्यमा निकै सक्रियताका साथपरेका वाजिहुद्दिन आफ्नो व्यक्तिगत लगानीमा गरिरहेको हुँदा अहिले निकै चर्चामा आएको देखिन्छ । उहाँले गरेको कामबाट नगरपालिका बासिहरु निकै खुशी देखिन्छन् । वाजिहुद्दिनले भन्नुहुन्छ आफूले अरुलाई सहयोग गर्दा जनताको अनुहारमा देखिएको खुशी र उहाँहरुले दिएको आर्शिवादले आफूलाई पनि असध्यै खुशि लाग्ने गर्छ ।
समाजसेवी वाजिहुद्दिनको अभियान आफ्नो गाउँमा मात्र नभएर नगरपालिका र अन्य वडामा पनि अगाडि बढाएर योगदान दिइरहेका छन । छोटो समयमा निकै लोकप्रियता कमाएका वाजिहुद्दिन अहिले लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरवासीहरुका लागि लोकप्रिय बनेका छन् ।
वाजिहुद्दिनले भन्नुहुन्छ “मेरो बुबाले सानैदेखि अरुलाई सहयोग र सेवा गर्नु नै धर्म हो । मानिसको दुःख सुखमा सधैं साथ दिनु मानवको कर्तव्य हो । आफू सानै उमेरदेखि बुबाको उपदेश लिएर व्यवहारमा लागु गरि समाज सेवा गर्ने उद्देश्य बनाएको छु ।
वाजिहुद्दिनले भन्नुहुन्छ “आज आफू सेवा गर्ने अवसर पाएको छु, दिनरात सेवामा लागि परेको छु, आउने दिनहरुमा अझै सक्रियताका साथ अगाडि बढ्ने प्रतिबद्धता छु ।
हाल वाजिहुद्दिन युवा जनमत पार्टीको नगरपालिकाका नगर सचिवको भुमिका निउनुभएको छ । आउने दिनहरुमा नगरको मेयरको उम्मेदवार बन्ने प्रयास रहेको बताउनुभयो ।