logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मर्चवारीमा अबदेखि नेपाली राष्ट्रिय गानबाट कार्यालयको काम सुरु हुने


    ४ भाद्र २०८१ , मंगलबार

    मर्चवारीमा अबदेखि नेपाली राष्ट्रिय गानबाट कार्यालयको काम सुरु हुने

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, ५ भाद्र । रुपन्देहीको मर्चवारी गाउँपालिकाले राष्ट्रिय गानबाट कार्यालयको काम सुरु गरेको छ ।
    कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्रप्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको हो । कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए ।
    कार्यालयमा राष्ट्र गान सुरु भएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय सहित अन्य कर्मचारी र सेवाग्राही राष्ट्र गानमा सहभागी भएर मात्र आ–आफ्नो कार्यकक्ष तर्फ जाने गर्दछौं । राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग र्पुयाउने विश्वास लिएका छौँ, गाउँपालिका अध्यक्ष बरईले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.