logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सशस्त्र प्रहरी हरपुर द्वारा एक क्विन्टल ३० केजी चन्दन काठ बरामद


    ९ भाद्र २०८१ , आइतबार

    सशस्त्र प्रहरी हरपुर द्वारा एक क्विन्टल ३० केजी चन्दन काठ बरामद

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, ९ भाद्र । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ८ लोहसडामाबाट सशस्त्र प्रहरीले एक क्विन्टल ३० के.जी चन्दन काठ बरामद गरको छ ।
    सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुर बाट सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी विष्णु अधिकारी नेतृत्व तथा इलाका प्रहरी कार्यालय महेशपुर, महेशपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल २६ नम्बरको संयुक्त टोलीमा‌ आइतबार राति २ बजे रामग्राम नगरपालिका वडा नं ८ लोहसडा एक क्विन्टल ३० केजी चन्दन काठ बरामद गरिएको छ।
    बरामद काठ हाल डिभिजन वन कार्यालय नवलपरासीमा राखिएको र आवश्यक अध्ययन अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । डिएसपी विष्णु अधिकारी नेतृत्वको टोलीले रामग्राम नगरपालिका वडा नं ८ लोहसडा गाउँबाट सो काठ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    रामग्राम नगरपालिका वडा नं ८ लोहसडा गाउँ नजिकैबाट उक्त चन्दन काठ चोरी तस्करी हुनेगरेको सूचना आएसँगै सशस्त्र प्रहरीले त्यहाँ पुगी उक्त परिमाणको काठ बरामद गरेको सशस्त्र प्रहरी बल २६ नम्बर गण का एसपी प्रकाश वाग्लेले जनाएको छ । काठ डिभिजन वन कार्यालय नवलपरासीमा‌ राखेर नापजाँच र थप मुचुल्का सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
    सशस्त्र प्रहरी ‘घटनास्थल पुग्दा काठ छाडेर तस्करीमा संग्लनहरु अन्यत्र भागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण बेलासपुरका एसपी प्रकाश वाग्लेले बताउनुभयो । चोरी गर्ने समूहले घरमा लुकाई राख्दा चन्दन को गोलिया काठ सशस्त्र प्रहरीलाई देख्नासाथ घर छाडेर भागेको समेत प्रहरीले जनाएको छ ।

    सशस्त्रले तत्काल सो काठलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्न थप अनुसन्धान बढाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.