पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १० भाद्र । ओमसतिया गाउँपालिका वडा नं ५ अन्तर्गत रहेको स्वास्थ्य चौकीले वार्षिक समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०८०।०८१ को प्रगतिविवरण प्रस्तुत गर्दै यहाँका प्राथमिक स्वास्थ्य चौकीमा प्राविधिक र सामग्री अपुग रहेको समीक्षात्मक कार्यक्रमको प्रतिवेदनमा रहेको जनस्वास्थ्य निरीक्षक अलताब हुसेनले प्रस्तुत प्रस्तुत गरेका थिए ।
स्वास्थ्य चौकीका सञ्चालक तथा व्यवस्थापन समितिका अनुसार वडा नं. ५ स्थित स्वास्थ्य चौकीमा ल्यव र अहेवाको अति आवश्यक रहेको छ । ल्याब र अहेवाको अभावले विरामीहरु विभिन्न किसिमका सेवावाट बन्चिर रहेको भन्दै यी समस्याको समाधानका लागि ध्यानाकर्षण गराउनका साथै सम्बन्धित निकायसँग आग्रह समेत जनस्वास्थ्य निरीक्षक हुसेनको रहेको बताए ।
वडा नं. ५ अन्तर्गतका स्वस्थ चौकी अन्तर्गत ६ हजार ५ सय १५ जनसङ्ख्या रहेको छ तर स्वस्थ सेवा ग्राही ०८० मा १० हजार लाभान्वित भएको स्वस्थ चौकीको अभिलेखले देखाएको छ।
स्वस्थ चौकीबाट १ सय १३ जनाको उच्च रक्तचापको बिरामी, २५ जना मधुमेह्को बिरमी ,५९ जना दमको बिरामी, १३ जना क्षयरोगको बिरामीले नेपाल सरकारको नीति अनुसार नियमित रुपमा सेवा लिइरहेको स्वस्थ चौकीका प्रमुख स्वस्थ चौकी सञ्चालन तथा व्यवस्थापन समिति सदस्य सचिव जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिएका थिए ।
खोप सेवा, पोषण सेवा, नव शिशु तथा बालसेवा ओ.पी.डि सेवा प्रभावकारी रहेको सेवाग्राही हनिफ धोबीले समीक्षात्मक कार्यक्रममा बताएका थिए।
स्वस्थ चौकीका कर्मचारीलाई स्वस्थ चौकी सञ्चालन तथा व्यवस्थापन समितिले कामको मूल्याङ्कन गर्दै सम्मान गरेको समितिका उपाध्यक्ष तथा वडा नम्बर ५ का वडा सदस्य कमली हरिजनले बताइन् ।
वार्ड नं. ५ का व्यवस्थापन समितिका अध्यक्ष तथा ओमसतिया गाउँपालिकाका प्रवक्ता मदन पोखरेल को अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा वडा अध्यक्षले स्वस्थ चौकीमा रहेको अपुग प्रविधिक ल्यवलाई छिटो भन्दा छिटो सञ्चालन गर्नको लागि पहल भैरहेको बताए ।
स्वस्थ चौकीमा केही सामग्री र औषधि अपुग भएमा समयमा जानकारी गराउनु नै समस्याको समाधान हुने बताएका थिए।
वडा नम्बर ५ मा स्वस्थ चौकी सञ्चालित रहे पनि रोहिणीका रामनगर, लक्ष्मीनगर, सिसाहनिया र वडा नम्बर ३ र ४ ओमसतिय समेतले स्वास्थ्य सेवा लिइरहेका अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रम जनस्वास्थ्य निरीक्षक अमरजित कोहारले सञ्चालन गरेका थिए ।