logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    श्री कृष्ण जन्माष्टमी पर्व देशभरि मनाइँदै


    १० भाद्र २०८१ , सोमबार

    श्री कृष्ण जन्माष्टमी पर्व देशभरि मनाइँदै

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, १० भााद्र । वैदिक सनातन हिन्दू धर्मावलम्बीले श्रीकृष्णको पूजा आराधना गरी श्रद्धापूर्वक श्री कृष्ण जन्माष्टमी भव्यताका साथ मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्री कृष्णको जन्म द्वापर युगको भाद्र कृष्ण अष्टमीको मध्य रातमा भएकाले आजको दिनलाई मोहरात्री भनिन्छ ।
    आजको दिन नेपाल भारत लगायत अन्य देशमा पनि सनातन हिन्दु धर्मावलम्बी श्रद्धापूर्वक भजन किर्तनको साथ पूजा आराधनाको साथै महिला र पुरुष व्रत बसि रातभरि जागरण गरी मनाउने प्रचलन रहेको छ। अन्याय, अत्याचार मानव समेतको कल्याण होस् भगवान विष्णुको आठौं अवतारका रुपमा जन्मिएका श्री कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका मानव समुदायलाई प्रेरित गरेका थिए । कुरु क्षेत्रमा कौरव सँगको लडाईमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं भगवान कृष्णका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता पवित्र ग्रन्थ मानिन्छ छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमा सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्री कृष्णले पुतना, कंस, जरासन्ध र शिशुपाल जस्ता दानव राक्षस प्रवृत्तिको वध गरेको पौराणिक वेद वेदान्त ग्रन्थमा उल्लेख भएको तथ्यहरु भेटिन्छ ।
    आज रूपन्देहीको भैरहवा बुटवल जस्ता ठाउँमा कृष्ण मन्दिर अन्य मन्दिर समेतमा पूजा आर्चनाको साथै श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थिति सहितको मेला लाग्दछ। यस्तै ओमसतिया गाउँपालिकाको सतियामाई मन्दिरमा श्री कृष्ण जन्माष्टमी पर्वका अवसरमा भगवान श्री कृष्णको डोला निकाल्ने चलन रहेको मन्दिरका प्रमुख पुजारीले बताएका छन् । ओमसतिया रोहिणीको सबै मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गर्दछ धार्मिक सङ्घ संस्थाद्वारा भगवान श्री कृष्णको शोभा यात्रा झाँकी निकाल्ने चलन रहेको छ। यस पर्वको पावन अवसरमा सरकारद्वारा सार्वजनिक विदा गरिएको छ।
    यस पर्वको अवसरमा विभिन्न संघसंस्था क्लब निजी तथा समुदायको विद्यालयहरूमा बालबालिकालाई राधारा कृष्णको रूपमा सजावट गरेर कार्यक्रमको आयोजना गरेर पर्वको महत्व बुझ्न बालबालिकालाई संस्कारी र मानवीय सेवा भावमा चेतनशील बन्नमा मद्दत र सहयोग पुगोस्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.