सम्मान र अन्तरक्रिया गरि मनाईयो वार्षिकोत्सव
लुम्बिनीखबर
भैरहवा । लुम्बिनीखबर पत्रिका १३ औँ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार सिद्धार्थनगरको भैरहवाबाट अनवरतरुपमा प्रकाशित हुँदै आइरहेको यो पत्रिका जनस्तरमा लोकप्रिय छापा माध्यम हो ।
पत्रिकाले आफ्नो वार्षिकोत्सव सम्मान र अन्तरक्रिया गरेर मंगलबार भव्यताका साथ सम्पन्न गरेको छ ।
वि.सं.२०६८ साल भाद्र १८ गते स्थापना भएदेखि समाज रुपान्तरणका लागि सत्य, तथ्य र यथार्थ प्रमाणका साथ समाचार तथा सूचना प्रकाशन गर्दै आइरहेको बुद्धिजीविहरु बताहुन्छ । सिद्धार्थनगर नगरपालिकाको भैरहवामा कार्यालय भएको यो पत्रिकाले विभिन्न जिल्ला र स्थानीय पालिकामा समेत आफ्नो शाखा बिस्तार गरेको समाचारको सन्देश बोकेर पुग्ने गरेको छ ।
तेह्र वर्ष अघि देखि समीक्षात्मक तथा खोजमुलक समाचार प्रशारण हँुदै आएको पत्रिका श्वेतबाट रङ्गीनमा परिणत भएको पत्रिका हाल अर्धसाप्ताहित रुपमा प्रकाशन हुँदै आएको छ । पत्रिका जिल्लामा मात्र सिमित नभई बाह्य जिल्लाको ग्रामीण परिवेश लुकेका लुकाईएका घट्नालाई उजार गर्दै आएको वार्षिकोत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व सांसद प्रमोद कुमार यादवले कुनै पनि ठाउँमा घटेको घट्ना हाल संचारको माध्यमबाट तुरुन्तै सबैको हातहातमा पुगेको बताउनुभयो । चौथो अङ्गको रुपमा रहेको सञ्चार क्षेत्र आम मानिसहरुको लागि न्याय दिलाउने क्षेत्र भएको पूर्व सांसद यादवले बताउनुभयो । कुनै पनि संस्था स्थापना गर्नु सजिलो हुने तर निरन्तर संचालन नहुँदा बन्द भएको छ । उहाँले भन्नुभयो, ‘लुम्बिनीखबर पत्रिका १३ औं वर्ष पुरा गरी १४औं वर्ष सम्म निरन्तर सञ्चालन हुनु सुखद पक्ष हो ।’
यादवले भन्नुभयो, ‘मिडियाले सँधै सत्थ सथ्य समाचाहरु प्रकाशन गरी रहँदा विभिन्न अन्यायमा परेका व्यक्तिहरुले न्याय पाएका छन् ।’
लुम्बिनीखबर पत्रिकाका अध्यक्ष गोकुल पोख्रेलले पत्रिकाले १३ औँ वर्षसम्म आइपुग्दा समाजका लागि महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । उहाँले विभिन्न किसिमका खोजमूलक समाचारहरुको प्रकाशन गर्दै पत्रिकाको यात्रा निरन्तर रहिरहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
लुम्बिनीखबर पत्रिकाका सम्पादक कमल रायमाझीले १३ वर्ष अघि भैरहवामा छापामाध्यामको अभावलाई पुरा गर्नका लागि लुम्बिनीखबर प्रकाशनमा आएको बताउनुभयो । सूचना र सञ्चार माध्यमले जनतालाई सुसचित गर्ने भएकाले भैरहवामा लुम्बिनीखबरको प्रकाशन सुरु गरि निरन्तर यहाँ सम्म आईपुग्न सफल भएको छ । रायमाझीले भन्नुभयो, ‘ अहिले लुम्बिनीखबर यो क्षेत्रमा प्रकाशन हुने पत्रिकाहरु मध्य पहिलो र जेठो पत्रिका बन्न पुगेको छ । समयको गति संगै छापा माध्यमबाट सञ्चारक्षेत्र पनि डिजिटल माध्यममा प्रवेष गरेको भन्दै रायमाझीले लुम्बिनीखबरलाई पनि डिजिटलाईज गरिने जानकारी दिनुभयो ।