अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, भाद्र । कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिकामा तौलेश्वरनाथ सामाजिक विकास संस्थाले सेमिनार कार्यक्रम सम्पन्न गरेको छ ।
तौलेश्वरनाथ सामाजिक विकास संस्थाका अध्यक्ष शिवा गुप्ताको संयोजकत्वमा भएको सेमिनार नगरपालिकाका न्यायसमितिका रमेश कुमार गुप्ताको प्रमुख अतिथ्यता गरिएको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकर इमरान खानले सबै बालबालिकाहरुको आआफनै क्षमता हुन्छ । उक्त क्षमता बाहिर निकाल्नका लागि अवसरको आवश्यकता पर्दछ । पाएको अवसरमा आफूसंग भएको क्षमताको आधारमा लक्ष्य निर्धारण गरि अगाडि बढेमा अवश्य नै सफल हुने बताएका थिए । खानले आफनो जीवनकालमा परेको उतार चढावलाई बताउदंै आफू भित्र रहेको क्षमताको आधारमा आफूलाई सबैमाझँ चिनाउन सफल भएको बताएका थिए । बालबालिकाको पहिलो पाठशाला घर गुरु भनेको आमाबुबाले दिएको संस्कार र व्यवहार अपरिहार्य काम लाग्छ । त्यसैलै गुरु वर्गलाई सधैं सम्मान गर्नु, सबैसंग समान पेश आउनु, मिठो बोली बाल्नु पर्दछ । खानले आफनो जीवनमा घटेका विभिन्न घट्ना बारे जानकारी गराउदै कुनै पनि व्यक्ति जीवनमा सफल बन्नका लागि परिश्रम गर्नु नै पर्छ । विना परिश्रमको उपलब्धी स्थायीत्व नहुने बताएका थिए । रोटि बेटिको सम्बन्धमा रहेका भारतीय सोहरतगणबाट चर्चामा आएका युवा अहिलेको भैरहवा, लुम्बिनी, कपिलवस्तु र मर्चवार लगाएत विभिन्न ठाउँमा मोठिभेसन सिमिनार प्रशिक्षकको रुपमा आफू चिनिएको इमरान खानले बताएका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो भने अकलेश कुमार ठाकुरले कार्यक्रम संचालन गरेका थिए ।