झब्बर यादव।लुम्बिनीखबर
सिद्धार्थनगर, २ असोज । लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय कालिकानगर, बुटवलको मातहतका वितरण केन्द्रहरु मध्ये भैरहवा वितरण केन्द्र एक हो ।
सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा वितरण केन्द्र विभिन्न १० भन्दा बढी पालिकाहरुका ९० हजार उपभोक्तालाई विद्युत्त सेवा दिदैं आएको छ ।
कुनै पनि कार्यालयले वार्षिक कार्ययोजना अनुसार कार्यसम्पादन गर्नु पर्ने हुन्छ । वार्षिक कार्ययोजनामा राखिएका उद्देश्यहरु अनुरुप वर्ष भरी कार्य गर्नु पर्ने नेपाल विद्युत्त प्राधिकरण भैरहवा वितरण केन्द्रका कार्यालय प्रमुख संजय कुमार मिश्रले लुम्बिनीखबर पत्रिकाका संवाददाता झब्बर यादव संगको कुराकानीमा बताउनुभयो ।
कार्यालयका प्रमुख मिश्रले भन्नुहुन्छ, र्–आफना ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रवाह गर्नु प्रमुख उद्देश्य हो । ग्राहकहरुलाई सर्बसुलभ रुपमा नियमित रुपमा सेवा दिनु हाम्रो दायित्व पनि हो । यस कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीसाथीहरु हरबखत तयार अवस्था रहेका छौं ।’
वितरण केन्द्रहरुले नेपाल विद्युत्त प्राधिकरणको मातहतमा रहेर काम गर्नु पर्ने हुन्छ । जसमा कार्यालयको नियमित कार्यका साथै प्राधिकरणले दिएको लक्ष्य पूर्ति गर्नु पर्ने हुन्छ । यस कार्यका लागि सम्पूर्ण टिम लगिपरेको कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।
कार्यसम्पादनका आधारमा प्राधिकरणले गत आर्थिक वर्ष ८०।८१ मा भएको घाटा प्रतिशतका आधारमा यस वितरण केन्द्रलाई ७ दशमलव ०९ अपूर्ति घाटा लक्ष्य दिएको थियो । जसमध्ये भैरहवा वितरण केन्द्र ६ दशमलव ५२ घाटा लक्ष्य पूर्ति सफल भएको थियो ।
विद्युत्त प्राधिकरणले निकाले वार्षिक विद्युत्त चुहावटलाई हेर्दा गत वर्ष ८०।८१ मा ९ प्रतिशत रहेको थियो जसमा ८ दशमलव ३१ चुहावट अपूर्ति भएको थियो ।
गतवर्ष कार्यालयले के कस्ता कार्यहरु गरेको छ त ?
नेपाल विद्युत्त प्राधिकरण भैरहवा वितरण केन्द्रले आर्थिक वर्ष ८०।८१ मा आफना ग्राहकहरुलाई ३ अरब ५४ करोड रकम बराबरको विद्युत्त विक्रि गरेको थियो जसमध्ये ३ करोड ५१ करोड रकम संकलन भएको थियो । यसरी हेर्दा यस कार्यालयले उठ्नुपर्ने जम्मा रकमको ९९ प्रतिशत संकलन गरेको देखिन्छ ।
कार्यालय प्रमुख मिश्रका अनुसारर्– यस केन्द्रमा गत वर्षको ग्राहक वृद्धि ७ प्रतिशतले बढेको छ भने करिब ४० करोड युनिट बिक्रि गरेको छ ।’
वितरण केन्द्रले आफना ग्राहकहरुलाई नियमित विद्युत्त अपूर्ति गर्ने, समयमा विलिङ् गर्ने, समयमा नै संकलन लिनुपर्ने हुन्छ । यदि समयमा शुल्क नबुझाएको खण्डमा महसुल संकलन नियमावली अनुसार कारवाही गर्ने कार्यालयका प्रमुख मिश्रले बताउनुभयो ।
प्रमुख मिश्रले भन्नुहुन्छ, र्– ग्राहकले विल काटेको ७ दिन भित्र शुल्क बुझाउन आएमा विशेष छुटको व्यवस्था छ । विल गरेको ६० दिन भित्र ग्राहकले शुल्क नबुझाएमा बिना सूचना कुनै बेला लाइन काटिन्छ । तर यदि ६ महिना भित्र पैसा नबुझाए ती ग्राहकलाई कालोपाटीमा राख्नुपर्ने हुन्छ । कालोपाटीमा परेको व्यक्तिको कुनै पनि परिवारले फेरी सेवावाट बञ्चित हुनुपर्छ ।’
कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष विद्युत महसुल नबुझाए ४ हजार ४४ जनाको लाइन काटिएको थियो । विद्युत काटिएका ग्राहकले कुल रकम ११ करोड भन्दा बढी शूल्क बुझाउनुपर्ने देखिएको थियो । लाइन काटिएका मध्ये ४ हजार १ सय ५९ ग्राहक शूल्क बुझाई पुनः जोडिएको तथ्याङ्कले देखाएको छ । जुन ९ करोड बढी रकम संकलन भएको थियो ।
ग्राहक तथा उपभोगताको संख्याको आधारमा यस वितरण केन्द्रले अहिले ८ सय ४८ ओटा विद्युत्त ट्रान्सफार्म पास गरेको छ । गत वर्ष ७५ ओटा पास गरेको थियो ।
कार्यालय प्रमुख मिश्रका अनुसार विद्युत्तीय काम जोखिमपूर्ण कार्य हो । यसमा काम गर्दा एकदमै सावधानी पूर्वक काम गर्नु पर्ने हुन्छ । कामको सिलसिलामा कनै लापरवाही गरेमा तुरुन्तै दुर्घटना हुने सम्भावना हुन्छ । तर गत वर्षको तथ्याङ्क अनुसार दुर्घटना हुने कर्मचारीको संख्या शून्य रहेको छ ।
ग्राहक तथा उपभोक्ताहरुलाई नियमित सेवा दिनका लागि कार्यालयले विभिन्न किसिमका कसरत गरेकोे छ ।
कार्यालय प्रमुख मिश्रले भन्नुहुन्छ, – कुनै पनि कार्य गर्दा चुनौतिका साथ साथै अवसर पनि हुन्छ । एउटा सामान्य ग्राहकदेखि लिएर उच्च स्तरका ग्राहकहरुलाई सामान रुपले सेवा दिनु अवसरको विषय हो । तर कतिपय अवस्था ग्राहकहरु सुरुमा मिटर लिन आउँदा घर बत्तीका लागि आउने गर्छन् र त्यही मिटरबाट विभिन्न किसिमका व्यापार व्यवसाय उपयोगर्दा नियम विपरित कार्य गरेका हुन्छन् । यसलाई पत्ता लगाउन समय समयमा नेपाल विद्युत्त प्राधिकरणका टोलीका साथै वितरण केन्द्रकाकर्मचारी अनुगमन गर्नु पर्ने हुन्छ । त्यस्ता कार्य गरेका ग्राहक भेटिएमा विद्युत प्रयोगका आधारमा नियमानुसार रकम तिर्नु पर्ने हुन्छ । ’
अनुगमनका क्रममा आर्थिक वर्ष ०८०।०८१ मा ३० ग्राहकले ५० लाख भन्दा बढी शुल्क तिर्नु पर्ने देखिएको थियो । जसमा २६ जनाले ७७ लाख बढी रकम बुझाएका थिए । यूनिट ६ लाख भन्दा बढी देखिएको कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।
लामो समयसम्म महसुल नबुझाएका ग्राहकहरुलाई नियमानुसार कालोपाटी राखेपछि तिर्नुपर्ने रकम एकमुष्ट बुझाउनु पर्दा कठिनाई हुने हुँदा अहिले किस्ताबन्दी गरेर बुझाउन पाउने व्यवस्था रहको कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।
ग्राहकको लाइन ६ महिना कटेका पछि कालोपाटी गर्नुपर्ने हुन्छ । गत वर्ष ३ सय २२ ग्राहका कालोपाटीमा परेका थिए । १ करोड भन्दा बढी रकम तिर्नु पर्ने देखिएको थियो । कालोपाटीमा परेका ५१ ग्राहक संग करिब ४९ लाख भन्दा बढी रकम असुल गरिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।