logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    टुगा आस्थाको छैठौं वार्षिक साधारण सभाको एकाई बैठक सम्पन्न


    ६ असोज २०८१ , आइतबार

    टुगा आस्थाको छैठौं वार्षिक साधारण सभाको एकाई बैठक सम्पन्न

    भैरहवा, असोज ६ ।
    रुपन्देहीको ओमसतिया–१ स्थित ठुटीपीपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा स्वीकृत विनियमको दफा २९ बमोजिम तिन वटा एकाई बैठकहरु टुगा सेवा केन्द्रको तमु समाज भवन, मधवलिया, केन्द्रीय कार्यालय ठुठीपिपल मा.वि. र भैरहवा सेवा केन्द्रको कार्यालय प्राङ्गगणमा छुट्टाछुट्टै आयोजना गरी सम्पन्न भएको छ ।

    कार्यक्रममा एकाई बैठकको अध्यक्षता संस्था अध्यक्ष डी.बी. थापाको र प्रमुख आतिथ्यता टुगा सेवा केन्द्रको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, केन्द्रीय कार्यालय ठुठीपिपलको प्रमुख आतिथ्यता ओसतिया गापा प्रमुख मन्जित कुमार यादव र भैरहवा सेवा केन्द्रका प्रमुख आतिथ्यता सिद्धार्थनगर नगरपालिकाको सहकारी शाखा प्रमुख कमलकान्त खानलको रहेको थियो ।

    कार्यक्रममा गत वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने १५ जना शेयर सदस्यका छोराछोरीहरुलाई प्रमाणपत्रसहित रु. १ हजार ५ सयका दरले संस्थाको शेयर प्रदान गरि शेयर सदस्यताको प्रमाणपत्र प्रदान गरिएको टुगा आस्थाले जनाएको छ । कार्यक्रमको अवसरमा ६ जना नयाँ प्रवेश गर्ने शेयर सदस्यलाई मायाको चिनोसहित स्वागत गरिएको थियो भने १० जनालाई उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मान गरिएको थियो ।

    बैठकमा प्रमुख अतिथिसहित प्रमुख सल्लाहकार ताराप्रसाद छन्तेल, सिद्धार्थनगर नगर सहकारी संजाल समितिका उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्यका साथै टुगा सहकारीले सदस्य र समुदायमा पारेको प्रभाव र बिश्वास जितेको बिचार व्यक्त गरेका थिए । बैठकमा स्वागत मन्तब्य उपाध्यक्ष परसुराम बास्तोलाको थियो भने कार्यक्रम संचालन गोकुल पोखरेलले गरेका थिए ।

    एकाई बैठकले ४३ जना प्रतिनिधि सदस्य र प्रति बैठक १६ जनाको दरले निर्णय प्रमाणित गर्ने प्रतिनिधि सदस्य चयन गरेको छ । आगामी असोज १२ गते संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा साधारण सभाको निर्णय प्रमाणित कार्यक्रमसहित छैठैं वार्षिक साधारण सभा समापन गर्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.