logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    टुगाको ६औं वार्षिक साधारण सभाः ६ जना शैक्षिक र १ जना उत्कृष्ट कर्मचारी सम्मानित


    १३ असोज २०८१ , आइतबार

    टुगाको ६औं वार्षिक साधारण सभाः  ६ जना शैक्षिक र १ जना उत्कृष्ट कर्मचारी सम्मानित

    भैरहवा, असोज १३ । ओमसतिया गाउँपालिका वडा नं. –१, ठुटीपीपल केन्द्रीय कार्यालय स्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको ६औं वार्षिक साधारणसभा, निर्णय प्रमाणित कार्यक्रम केन्द्रीय कार्यालयको सभाहलमा शनिबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष डीबी थापाको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघ नेपालको लेखा संयोजक श्री भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

    एकाईगत साधारणसभा सम्पन्न गरेको साकोसले असोज १२ गते प्रतिनिधिमूलक निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो । समुदायमा आधारित टुगा आस्था साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।

    ४३ जना प्रतिनिधि सदस्य तथा माइन्युट प्रमाणित प्रतिनिधिको उपस्थितिमा विनियम संशोधित प्रस्तावितसहित १० वटा कार्यसूचीमा रहेको प्रस्तावहरुलाई सर्वसम्मतिले निर्णय गरेको छ । प्रमुख अतिथि नेपालले पहिलेका सहकारीहरु सिपज्ञान बिना संचालनमा हुने गथ्र्याे भने अब सहकारी मूल्य मान्यता अनुसार नीति, बिधि र प्रविधि अनुसार संचालन गर्न सकिएन भने जोखिम आउने बताउँदै टुगा आस्था विकास साकोसले सहकारी मूल्य मान्यता र विधि प्रविधि अपनाएको हुदाँ जोखिम नरहेकोले ढुक्क भएर कारोबार गर्न बताउदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

    कार्यक्रममा सल्लाहकारहरु लक्ष्मण कुमार थापा, जित बहादुर रासकोटी, बरिष्ठ सल्लाहकार श्री भिम बहादुर पुन र प्रमुख सल्लाहकार श्री तारा प्रसाद छन्तेलले आयतित सहकारीमा समस्या देखिएकोले स्थानीय स्तरमा संचालित सहकारीमा सदस्य बनी कारोबार गर्न आग्रह गरे । टुगा आस्था विकास साकोसको असार मसान्तसम्मको कुल ८२ करोड ५७ लाखको वासलात मध्ये ७ करोड ६४ लाख सेयर पूंजी, ६२ करोड १० लाख बचत निक्षेप तथा संस्थाले करिब १ करोड ६० लाख शुद्ध बचत (नाफा) गरेको संस्थाका अध्यक्ष थापाले जानकारी दिनु भयो ।

    सम्मान कार्यक्रम
    यसैगरी टुगा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभामा ५ जना शैक्षिक सम्मान गरी १ जनालाई विशिष्ट शैक्षिक सम्मान गरेको छ । पिएचडी उपाधि हासिल गर्नु भएका शेयर सदस्य डा. दिपक कोइरालालाई टुगा विशिष्ट शैक्षिक सम्मानद्वारा सम्मान गर्नुको साथै चिकित्सा शास्त्रमा एमडी, एमबिबिएस, बिडीएस उत्तीर्ण गर्नु भएका सेयर सदस्य तथा सदस्यको छोराछोरीलाई टुगा शैक्षिक सम्मान गरेको छ । त्यसैगरी संस्थाको उन्नति र प्रगतिमा पु¥याउनु भएको योगदानको उच्च मूल्याड्ढन गर्दै आ.व. २०८०/०८१ को उत्कृष्ट कर्मचारीकोरुपमा अस्मिता रानालाई सम्मान गरेको छ ।  सम्मानित हुनेहरुलाई मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाको थियो भने कार्यक्रम संचालन गोकुल पोखरेलले गरेका थिए । बचत, ऋण तथा सामाजिक कार्यमा शेयर सदस्यहरुको हित कार्यमा केन्द्रीत रहेको टुगा आस्था विकास साकोसको ६ हजार ७ सय ५१ जना शेयर सदस्य छन् भने ३ वटा सेवा केन्द्रहरु रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.