लुम्बिनीखबर
सिद्धार्थनगर, १६ असोज। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवका २५ वर्षीय छोरा अभिषेक श्रीवास्तव माथि आक्रमण भएको छ।
मङ्गलबार राति करिब ८:३० बजे सम्मरीमाई गाउँपालिका वडा नं २ मा पर्ने बनगाई बाट समरीमाई १ मा रहेको आफ्नो निवासमा जाने क्रममा श्रीवास्तवमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस. पि रन्जित सिंह राठौरले बताउनुभयो।
केही आज्ञात समूहले श्रीवास्तव माथि पछाडिबाट आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणमा परेका श्रीवास्तवको उपचार युनिभर्षल क्लेज आफ मेडिकल साइन्सेज भैरहवामा भैरहेका छ । घाइते श्रीवास्तव आइसीयूमा भर्ना भई उपचार भइरहेको छ । सिटी स्कयानको रिर्पोटमा अवस्था जोखिमपूर्ण नरहेको तथा घटनाको थप अनुसन्धान भैरहेको एसपी राठौरले बताउनुभयो।