शहबाज खान / लुम्बिनीखबर
कपिलवस्तु, असोज। भारतसँग सीमा जोडिएका कपिलवस्तुको कृष्णानगर क्षेत्रमा लसुन तस्करी मौलाएको छ । भारतमा चिनियाँ लसुन मँहगिएपछि सीमावर्ती क्षेत्रमा तस्करी बढेको हो ।
भारतले तेस्रो मुलुकबाट लसुन आयातमा प्रतिबन्ध लगाएको छ । जसका कारण लसुनको भाउ आकाशिएपछि नेपाली तस्करसँग मिलेर त्यहाँका व्यापारीले अवैध ढंगबाट संगठित कारोबार गरिरहेका छन्। कृष्णानगरको सिमा क्षेत्रका घरहरुमा गोदाम बनाएर ट्रकको ट्रक लसुन स्टाक गरि राति ११ बजे पछि बाजार क्षेत्र सुनसान भए पछि तस्करहरु साइकल,मोटर साइकलको प्रयोग गरि नेपालबाट भारत लहसुन अवैध तरिकाले पुराउदै गरेको स्त्रोतले बताएको छ।
स्त्रोतनुसार कृष्णनगरको पश्चिम लक्ष्मीनगर,सिर्सिहवा, झण्डानगर, र पूर्व सेमरा,बगही,भिल्मी नाकाहरुमा तस्करहरु सक्रिय छन। रात्रिको समयमा सिमानका नजिक रहेका गोदामहरु बांट मोटर साइकल र साइकलमा लोड गरि भारत पठाउदै छन। सिमा नाकामा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि खटेका सुरक्षाकर्मी लगायत सम्बन्धित निकायहरु तस्करी नियन्त्रण गर्ना प्रति कुनै चासो न देखाउदा आफैमा प्रष्ट हुन्छ सुरक्षा तथा राजस्व चुहावट नियन्त्रण निकायकै मिलोमातोमा तस्करी भइरहेको हो। लसुन तस्करी कृष्णानगर क्षेत्र मात्रै नभइ कपिलवस्तु जिल्लाका भारतसंग जोडिएका प्रत्येक सिमा नाकाहरुमा व्यापक तस्करि हुदै आएको छ।