logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भुतपुर्व सैनिक संघ रुपन्देहीको १९ औँ नियमित बैंठक


    ८ कार्तिक २०८१ , बिहिबार

    भुतपुर्व सैनिक संघ रुपन्देहीको १९ औँ नियमित बैंठक

    रमा पन्थी । लुम्बिनीखबर
    भैरहवा, ८ कार्तिक । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ रुपन्देहीको १९ औँ नियमित बैंठक बुधवार भैरहवामा सम्पन्न भएको छ । संस्थालाई चलायमान बनाउनका लागि गरिएको यो बैंठकमा विभिन्न विषयमा छलफल तथा निणर्यहरु गरिएको छ ।
    रुपन्देही क्षेत्र नं. ३ र ४ का क्षेत्रिय सभापती युवराज भण्डारीको संयोजकत्वमा भएको बैठकले दिपावली तथा छड पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै संघमा अवकास प्राप्त गरि आएका नयाँ पेन्सरलाई स्वागत तथा परिचय गर्नुका साथै नया सदस्यता वितरण गरिएको संघको कार्यालयले जनाएको छ ।

    संघमा आवद्धहरुका परिवारलाई नै आमन्त्रण गरिएको बैठकमा अवकास पछि पुर्व सैनिकहरुको दिनचर्या कसरी वितिरहेको छ तथा के कस्तो कामहरु गरिरहेका छन् भन्ने विषयमा छलफल तथा अन्तरक्रिया भएको संघका सभापती रविन्द्र कुमार कार्कीले जानाकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ हामीले पुर्व सैनिकहरुलाई एकतामा बाध्ने र भाईचाराको सम्बन्ध स्थापित गर्नका लागि यस्ता कार्यक्रमहरु निरन्तरत गर्दै आइरहेका छौँ ।’
    अवकास प्राप्त सैनिकहरुलाई सवैक्षेत्रमा पुर्नरोजगार तथा स्वरोजगार र समाजसेवामा लाग्ने छुट भएकाले उनिहरुलाई उत्प्रेरेरणा तथा सहयोग प्राप्तका लागि सहकार्य भैरहेको संघका सचिव नर प्रसाद खनालले जानाकारी दिनुभयो । करिब ५० जना उपस्थित भएको उक्त कार्यक्रम ४ घण्टा सम्म चलेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.