logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मर्चवारको खेतबारीमा युवाको शव फेला


    ९ कार्तिक २०८१ , शुक्रबार

    मर्चवारको खेतबारीमा युवाको शव फेला

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, ९ कात्तिक । रुपन्देहीको मर्चवार क्षेत्रमा युवकको शव फेला परेको छ । सम्मरीमाई ६ निबिहवा बस्ने २४ वर्षीय सम्राट चन्द बरुण मृत अवस्थामा गाउँ नजिक धान खेतमा फेला परेका इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
    गाउँको दक्षिण क्षेत्रमा रहेको टर्सरी नहर नजिक रहेको धान खेतीमा नांगै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको इप्रका मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिएका छन् । प्रहरी निरीक्षक साउदले भने ‘मृतकको शरीरमा कुनै किसिमका घाउ चोट नदेखिएको र शरीरको विभिन्न अंगको अवस्था सामान्य रहेको छ ।
    घटना स्थलबाट मुचुलका गरी शव पोष्टमार्टमको लागि भैरहवा पठाइएको छ । उनको मृत्युको कारण पोस्टमार्टम पछि मात्र खुल्न आउने बताउदै घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक साउदले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.