लुम्बिनीखबर
भैरहवा, कार्तिक १४ । यस वर्षको महान चाड लक्ष्मी पूजाको अवसरमा भैरहवामा युनिक दिपावली फेस्टिवल २०८१ आयोजना हुने भएको छ। विगत ९ वर्षदेखि सञ्चालन हुँदै आएको यस फेस्टिवलमा यस वर्ष पनि स्थानीय तथा बाहिरी दर्शकहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको छ। कार्यक्रम कार्तिक १५ गते हुने छ।
आयोजक युनिक म्युजिक साउण्डले यो कार्यक्रमलाई मनोरञ्जन र संस्कृतिको संगमका रूपमा प्रस्तुत गर्दै आएको छ। यस वर्ष पनि कार्यक्रमले दर्शकहरूलाई सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय कलाकारहरूको प्रदर्शन, र परम्परागत मेला, संस्कृति अनुभव गर्न अवसर प्रदान गर्नेछ।
कार्यक्रमको विशेष आकर्षणमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिहरू, मेलाका परम्परागत झाँकीहरू, र विशेष स्टलहरू रहनेछन्। साथै, नेपाली परम्परा र संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन्।
प्रवेश शुल्क निःशुल्क गरिएको यस कार्यक्रममा करिब ५० हजार दर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ, जसमा नेपालका अन्य जिल्लाबाट साथै भारतबाट समेत आगन्तुकहरूको उपस्थिति रहनेछ।
फेस्टिवललाई सफल बनाउन आयोजक टोलीले सबैलाई परिवारसहित उपस्थित भइ यो अवसरको अनुभव गर्न हार्दिक निमन्त्रणा गरेको छ।
युनिक म्युजिक साउण्ड, भैरहवाले यो कार्यक्रमको ब्यवस्थान र एकल लगानीमा गर्ने छ ।