logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    गोनहियामा छठलाई विशेष रौनक साथ मनाइने तयारी


    २१ कार्तिक २०८१ , बुधबार

    गोनहियामा छठलाई विशेष रौनक साथ मनाइने तयारी

    लुम्बिनीखबर
    सिद्धार्थनगर, २२ कार्तिक । सिद्धार्थनगर नगरपालिका वडा नं.–९ गोनहियामा विशेष रौनकका साथ छठ पूजा मनाउन लागेको छ । श्री छठ पूजा समिति गोनहीयाले छठ पूजा निकै सभ्य र भव्य तरिकाले मनाउन गइरहेको छ ।
    बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको समितिका अध्यक्ष बिरेन्द्र कुर्मीले जानकारी दिनुभयो ।
    छठ घाट पूजामा आई ब्रतवसी छठीमार्ईको पुजा, आराधना र व्रत गरेपछि सन्तानको लाभ, लामो आयु र परिवारजनमा सुख शान्तिका साथै समृद्धि हुने विश्वास रहेको एक श्रद्धालुभक्तले जनाउनुभयो ।
    यहाँका जनसमुदायबाट स्वच्छिक सहयोग शुल्कबाट छठका लागि आवश्यक तयारीको खर्च जुटाइएको हो । छठ घाट गोनहियालाई व्यवस्थापनका लागि वडा अध्यक्ष शेषकान्त भण्डारीबाट एक लाखको बजेट आएको छ तर हरेक वर्ष भक्तजनको सख्या बढ्दै गएको हुँदा चाहिने जति आर्थिक स्रोतको आभाव देखिएको छ । यसका लागि अरु निकाय कुनै किसिमको सहयोग देखिदैन् । छठ घाटमा करिव ५ हजार भन्दा बढी श्रद्धालु भक्तजनहरु आउने अनुमान गरिएको सचिव राजन गुप्ताले बताउनुभयो ।
    बुधवार आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल पूर्णरुपमा तयार भएको छ । ६० वटा पक्की बेदी तयार पारिएको र अझै बर्तालु भक्त थपिदै गएपछि कच्ची बेदीहरु पनि बनाइएको छ ।
    तयारीका लागि यस क्षेत्रमा सरसफाइ, माटो सम्याउने, पक्की बेदी तयार, बत्ती, मञ्च लगायत काम भएको कोषाध्यक्ष रतन गुप्ताले जानकारी दिनुभयो ।
    अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधना सहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने चलन रहेको एक बर्तालु भक्तले जनाउनुभयो ।
    विगतको वर्षदेखि छठ घाट गोनहियामा मनाउदै आएको समितिले यस वर्षको छठ पूजाका दिन बृह्त जागरण कार्यक्रम समेत गर्ने भएको छ ।
    विहिवार सूर्य अस्ताए देखि लिएर शुक्रवार सूर्य उदाउनुपूर्व सम्म बर्तालु भक्तजनहरु बेदी कुरेर जागाराम बस्नुपर्ने भएकोले आनन्दित बनाउन भारतीय कलाकार ल्याई सांस्कृतिक कार्यक्रम समेत गर्ने समितिका सदस्य बसन्त अधिकारीले बताउनुभयो ।
    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री माननीय सि.के गुप्ता (चन्द्रकेश) को प्रमुख अतिथ्यता रहने आयोजक समितिले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.