logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    हजारौंको आँखामा ज्योति भर्दै मिनाक्षी आई केयर


    ६ मंसिर २०८१ , बिहिबार

    हजारौंको आँखामा ज्योति भर्दै मिनाक्षी आई केयर

    ‘‘आँखामा आशु आउने रोग सामान्य लागेपनि समयमा चेकजाँच नगर्दा अप्रेसन गर्न पर्ने हुन सक्छ । ’’ – डा. कोशल श्रेष्ठ
    रमा पन्थी । लुम्बिनीखबर
    भैरहवा, मंसिर । रुपन्देहीको सिद्धार्थनगर –३, भैरहवाको सुनौली रोडमा अवस्थित मिनाक्षी आई केयर प्रा.लि. ले आँखा सम्बन्धी उत्कृष्ट सेवा दिदै आइरहेको छ ।
    अस्पतालले आँखा सम्बन्धी विभिन्न रोगहरुको परामर्श, चेकजाँच तथा उपचारका साथै शल्यक्रिया गर्दै आइरहेको छ । यो अस्पताल श्री रण अम्बिका शाह आँखा अस्पताल नजिक रहेको आकाशे पुलको पूर्व पट्टी  रहेको छ ।
    नेपालको सीमा क्षेत्रमा रहेको यस अस्पतालमा नेपाली र भारतीय बिरामीहरु आँखा उपचारका लागि धेरै संख्यामा आउने  गर्छन् ।
    २०७६ सालमा स्थापना भएको मिनाक्षी अस्पतालले आँखा सम्बन्धी समस्याहरुमा मोतियाविन्दुको अप्रेसन, आँखामा मासु पलाएको अप्रेसन, आँसुनली बन्द भएको अवस्थामा (नासुर) को अप्रेसन, परेला तल झरेको अप्रेसन, आँखाको डिल वरिपरि मासु पलाएको अप्रेसन आदि जस्ता अप्रेसन गदैं का साथै औषधी उपचार गर्दैं आइरहेको छ । 

    यस अस्पतालमा आँखा सम्बन्धी विभिन्न समस्याहरु, मधुमेह, उच्च रक्तचाप सम्बन्धित समस्या, आँखाको पर्दा रेटिना जाँच तथा उपचार, आँखाको पानीको संक्रमणको निदान तथा उपचार, बाल आँखा रोगको उपचार, अनुभवी प्राविधिकहरुद्वार चस्माको पावर जाँच तथा पावर चस्मा तयार पारिनुका साथै औषधी विक्री तथा वितरणसँगै विभिन्न ब्राण्डका सन ग्लास, पावर ग्लास, प्रोग्रेसीप लेन्स, क्रिजल लेन्स, कम्प्यूटर यूजर ग्लास, नाइट भिजन ग्लास, सेफ्टी ग्लास समेतको सेवा दिदैँ आइरहेको अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कोशल श्रेष्ठले बताउनुभयो ।


    करिब १५ वर्ष देखि आँखा उपचारमा सेवा दिइरहेका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.  श्रेष्ठसँग आँखामा लाग्ने रोगहरु, रोग लाग्नका कारण, आँखा सम्बन्धी सर्ने र नसर्ने रोगहरु र आँखा सम्बन्धी रोगहरुबाट बच्ने उपायहरुको अनुभव बटुल्दै आएका छन् ।
    उहाँले भन्नुहुन्छ –‘‘आँखा हेर्दा सानो छ तर आँखामा विभिन्न कारणले रोगहरुले लाग्ने गर्दछ । आँखामा रोग लाग्ने माध्यम जस्तै जन्मजात, संक्रमण, उमेर, खानपान तथा जीवनयापन, सुगर थाइराइड, चोटपटक आदि हुन् । आँखा प्राणीको सबैभन्दा सम्वेदनशील अङ्ग भएकोले आँखालाई जोगाइ राख्न र रोगहरु लाग्न नदिन विशेष ध्यान दिनुपर्ने हुन्छ ।’’
    आँखाका कतिपय रोगहरु वातावरणीय परिवर्तनका कारणले विभिन्न किसिमका आईफ्लु लाग्ने गर्दछ । सुगर, प्रेसर, थाइराइड जस्ता रोगले पनि आँखामा असर गर्दछ ।


    डा.श्रेष्ठका अनुसार–आँखाको सामान्य रोगलाई वेवास्ता गर्दा त्यसले जटिल र दीर्घकालिन रोगमा परिणत हुन सक्छ, त्यसैले आँखाको सामान्य अवस्थामा परिवर्तन आउँन साथ नजिकको आँखा विशेषज्ञसँग परामर्श लिन आवश्यक हुन्छ र सामान्य व्यक्तिले आँखाको चेकजाँच गर्दा रोग नलागेको अवस्थामा पनि १।१ वर्षमा आँखा परीक्षण गराउनु पर्दछ तर कुनै सामान्य रोग लागेको अवस्थामा आँखा रोगीले ६।६ महिनामा अनिवार्य आँखाको चेकजाँच गराउनुपर्दछ।डा.श्रेष्ठले भन्नुहुन्छ– ‘‘हामीहरुलाई सामान्य लाग्ने भए पनि कहिले काँही आँखाको अवस्था जटिल बनिसकेको हुन्छ । प्रायः जसो हाँस्दा, बोल्दा, सुत्दा आवश्यक भन्दा बढी आँसु बगेको भए त पनि सामान्य रुपमा लिन्छौँ । आँखामा आँसु आउने समस्यालाई हामीले हल्का रुपमा लिने गरेका हुन्छांै । तर यस्तो अवस्थामा आँखाको सुख्खापन भएर, आँखामा संक्रमण भएर, नानीमा घाउ भएर वा आँसुनली बन्द भएको अवस्थामा आँखाबाट आँसु आउने समस्या हुन्छ । आँसुनली बन्द भएको अवस्थामा आँसुनलीको अप्रेसन समेत गर्नुपर्ने हुन्छ ।


    बदलिदो वायु प्रदुषण, विषादीहरुको प्रयोगले गर्दा पनि आँखाको बिरामीहरुको संख्या बढ्दै गएको छ । गर्भवती अवस्थामा महिलालाई मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ । त्यो समयमा कुनै संक्रमण भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ । त्यसकारण गर्भवती महिलाले फलफूल, जाँजर, मेवा, सागपात जस्ता खानेकुराहरुमा बढी ध्यान दिने गर्नुपर्छ । प्रेसर, सुगर, थाइराईडबाट हुने आँखा सम्बन्धी समस्या कम गर्नका लागि औषधी उपचार, नियमित कसरत, व्याम, आहार, जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ ।
    सबै बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन् । आफ्ना बच्चाको आँखा ठिक छ कि छैन भनेर अभिभावकले ध्यानदिनु आवश्यक छ । बच्चा जन्मेपछि दुइ, तीन महिना पछि अनुहार हेरेर मुस्कुराउने, उज्यालो पछ्याउने हुनुपर्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.