झब्बर यादव । लुम्बिनीखबर
भैरहवा, मंसिर । नेपालको दोस्रो ठूलो भन्सार कार्यालय भैरहवा भन्सार कार्यालय, बेलहिया, भारतीय र तेस्रो मुलुकबाट आयात हुने खाद्यबस्तुहरूको चेकजाँचको प्रमुख केन्द्र हो । तर, चेकजाँच उपकरण र प्रक्रियाको अभावले कतिपय विषादीयुक्त खाद्यबस्तु मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने गरी नेपाल भित्रिरहेको छ ।
भन्सार कार्यालयले हाल केवल दुई किसिमका विषादी मात्र परीक्षण गर्नसक्ने उपकरण प्रयोग गर्दै आएको छ । यद्यपि, अफ्लाटक्सिनको जोखिमलाई ध्यानमा राख्दै अफ्लाटक्सिन डिटरमिनेसन कीटको प्रयोग सुरु हुने प्रकृयामा रहेको खाध्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुख रविन्द्र झाले जानाकारी दिनुभयो ।
कार्यालय प्रमुख झाका अनुसार, “अफ्लाटक्सिन यस्ता पदार्थहरूमा प्रयोग हुन्छ, जसलाई एकपटक प्रवेश गरेपछि नष्ट गर्न सकिन्न । यसले पशुजन्य उत्पादन मार्फत मानिसको स्वास्थ्यमा दीर्घकालीन हानि पु¥याउँछ ।” यसको नेपालमा प्रवेषमा रोक्नका लागि यो किटसको सुरु गर्न थालीएको हो ।
खाद्य पदार्थको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न नेपाल सरकारले बनाएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनमा चुनौतीहरू देखिएका छन् । प्रमुख झाका अनुसार– धेरै खाद्यबस्तु बिना परीक्षण भन्सारबाट प्रवेश गर्ने गरेका छन् । आयातित चामल, दाल, सुख्खा तरकारी, र फलफूलजस्ता अप्रशोधित खाद्यबस्तुहरूको परीक्षण नगरी भन्सार पास हुने प्रक्रियाले खाद्य ऐन कार्यान्वयनमा समस्या उत्पन्न गरेको छ । यसको कानुनी प्रकृया शुरु गर्न जरुरी छ ।
कृषकहरुले उत्पादन बृद्धि गर्न सयौं किसिमका विषादी प्रयोग गरेपनि दुई किसिमको विषादी मात्र चेकजाँच गर्ने उपकरण छ । उपकरणको अभावमा कतिपय खाद्यबस्तु मानवीय स्वस्थमा प्रत्यक्ष असर पार्ने भएपनि चेकजाँच हुन नसकेर आयात भएका छन् । मानिसमा अस्लाटक्सिनले पार्ने प्रभावलाई विशेष ध्यानमा राखि हाल भन्सारले अस्लाटक्सिन डिटरमिनेसन कीट ल्याएको छ । आयात हुने पशुजन्य खाद्यपदार्थमा अस्लाटक्सिन सन्तुलन नहुँदा मानवीय स्वस्थमा प्रत्यक्ष प्रभाव पारेको छ । बजारमा अस्लाटक्सिनको मात्रा सन्तुलन नरहेको जनगुनासो आएको छ । नेपाल सरकारले बनाएको मापदण्डलाई आधार मानेर भन्सार कार्यालय चेकजाँच गरेर मात्र आयात गर्नुपर्ने र भन्सारमा भित्रिएका सबै खालका पशुजन्य खाद्यबस्तु चेकजाँच गरेर भन्सारले भित्रयायो भने स्वास्थको समस्या नाकामै रोक्न सकिने कार्यालय प्रमुख रविन झा को भनाई छ ।
कार्यालय प्रमुख झा ले भन्नुहुन्छ–“अस्लाटक्सिन यस्तो चिज हो जसलाई नष्ट गर्न सकिदैन् । एक चोटी भित्रिसकेपछि पशु मार्फत उत्पादन हुने पशुजन्य बस्तु मानिसले सेवन गरेपछि शरीरलाई हानी गर्दछ । त्यसैले नेपाल सरकारको मात्रा(लेभल) नमिलेको पशुजन्य पदार्थ रोक्न सक्यो भने आयात रोक्का हुन्छ । र यस्ता खाद्य पदार्थ भित्रिने सम्भावना पनि कम हुन्छ । यस विषयमा तत्पर भएर भन्सार कार्यालयले खाद्य पदार्थ नियमित चेकजाँच गराएर मात्र भित्रयाउने नजिर स्थापना गर्नु पर्छ । ”
भन्सारमा मालवाहक सवारी साधनहरुमा आलु, प्याज, चिनी, लगायतका खाद्यबस्तुहरु तथा तरकारीहरु दैनिक आउने गर्दछ ।
भन्सार कार्यालयमा पैठारी हुने खाद्यबस्तुहरु परीक्षणका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय ल्याई चेकजाँच गरेर मात्र भित्राउने गरेको कार्यालयका प्रमुख रविन्द्र झा ले बताउनुभयो । अस्लाटक्सिन बिषादीको चेकजाच गर्ने प्रविधिलाई अस्लाटक्सिन डिटरमिनेसन कीट भनिन्छ ।
भन्सार कार्यालयमा नेपाल, भारत तथा अन्य तेस्रो मुलुकबाट पैठारी हुन आउने खाद्यबस्तुहरुलाई परीक्षण गरी आयात निर्यातका लागि प्रमाणिकरण गर्नु कार्यालयको मुख्य कार्य हो ।
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि स्वीकृति प्राप्त गरी पैठारीको लागि प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य प्रावधान रहेको छ ।
सम्पूर्ण खाद्य पदार्थहरूको पैठारी गर्नुअघि विभागबाट स्वीकृति लिई मात्र आयात गर्ने र भन्सार नाकामा आए पछि मात्र भन्सार नाका स्थित विभाग अन्तर्गतका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुपर्ने हुन्छ ।
भारत तथा अन्य तेस्रो मुलुकबाट भन्सारमा आएका खाद्यबस्तुको नमुना सङ्कलनलाई चेकजाँच तथा विश्लेषण गरि रिपोर्ट गरी भन्सार कार्यालयले खाद्य प्रमाणिकरणका लागि यस कार्यालयमा पठाउने गरेको कार्यालय प्रमुख झा ले बताउनुभयो ।
कार्यालयका प्रमुख झाले भन्नुहुन्छ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा खाद्य बस्तुलाई अप्रशोधित, अर्धप्रशोधित तथा पूर्णप्रशोधित गरी व्याख्या गरिएको छ । हाल अप्रशोधित खाद्यबस्तुलाई चेकजाँच नगरि भन्सारबाट पैठारी गरिरहेको छ । यसमा चामल , दाल, सोयाविन, सुख्खा तरकारी, सुख्खा फलफुललाई ऐनले समेटेको छ । नेपाल सरकारले मापदण्ड बनाएको छ तर यहाँको भन्सार कार्यालयले विना चेकजाँच खाद्यबस्तुलाई पठाइरहेको देखिन्छ । त्यसकारण आफूहरुलाई खाद्य ऐन कार्यान्वयनमा समस्या परेको छ । खाद्य स्वच्छताको हिसाब जनस्तरको स्वस्थमा असर परेको छ ।
कतिपय खाद्यबस्तुहरुको नमुना उपलब्ध नभएको हुँदा चेकजाँन विना नै खाद्यबस्तु आयात निर्यात भएको छ । यसका लागि आफू भन्सार कार्यालयलाई बारम्बार झकझकाइरहेको बताउनुभयो । यसका लागि सबै खाद्य व्यवसायीहरुले, सहजकर्ताहरुले नमुना पठाएर चेकजाँच गराई मात्र खाद्यबस्तु आयात निर्यात मानवीय स्वस्थ ठूलो सहयोग हुने कार्यालय प्रमुख झा को भनाइ छ ।
कार्यालयको वार्षिक योजना अनुसार लक्ष्य प्रगति शत प्रतिशत पुरा भएको छ । खाद्यपदार्थ आयात निर्यात गर्नेले मानवीय स्वस्थलाई ख्याल गरी खाद्य पदार्थहरुको गुणस्तर चेकजाँच, स्वीकृति तथा नाकामा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेको पाइएमा कानुन अनुसार कारबाही समेत हुने जनाएको छ ।
प्रमुख झा ले भन्नुहुन्छ –“ कुनै पनि खाद्य पदार्थहरुको पैठारी गर्नुअघि परीक्षण गराई स्वीकृति लिएर मात्र गर्नुपर्छ । तरकारी तथा फलफुलमा विभिन्न किसिमका विषादीको प्रयोग हुने भएकोले परीक्षण गराएर मात्र आयात निर्यात गर्न आवश्यक छ ।”
कृषकहरुले सयौं किसिमका विषादी प्रयोग गरेपनि दुई किसिमको विषादी मात्र भन्सारमा चेकजाँच गर्ने उपकरण रहेको छ । चेकजाँच गर्ने उपकरणको अभावमा व्यवसायी भन्दा उपभोक्ताहरुले प्रभाव पारेको छ ।
कार्यालयमा विषादीयुक्त खाद्यबस्तु भेटिएमा नष्ट गछौं किनभने उपभोगताहरुले महगो पैसा तिरेर नराम्रो समान उपभोग गर्दा समस्या झेल्नु परेको बताउनुभयो ।
प्रमुख झाका भनाइमा, “खाद्य पदार्थ परीक्षणको अभावले उपभोक्तालाई ठूलो असर पारेको छ । विषादीयुक्त वस्तु आयात रोक्न सकेमा मानवीय स्वास्थ्यमा प्रत्यक्ष सुधार ल्याउन सकिन्छ।”
भन्सार कार्यालयले वार्षिक लक्ष्य पूरा गरेको भए पनि उपकरण र जनशक्तिको अभावले प्रभावकारी अनुगमन गर्न समस्या भइरहेको छ। अब खाद्य स्वच्छता सुनिश्चित गर्न स्वीकृति र गुणस्तर प्रमाणीकरण अनिवार्य बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ ।
नेपालका उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि आयातित खाद्यबस्तुको गुणस्तर चेकजाँचमा कडाइ गरौं । भन्सार प्रक्रियामा सुधार ल्याएर स्वस्थ र सुरक्षित खाद्य प्रणाली स्थापना गर्न सबै पक्षले सहकार्य गर्नुपर्छ ।