लुम्बिनीखबर
भैरहवा, ११ मंसिर । प्याब्सन सिद्धार्थनगर नगरपालिकाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन) ले शुक्रबार भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले ३ वर्षे कार्यकालका लागि सि.बि.पब्लिक हाई स्कूलका प्रिन्सिपल उदय कुमार मल्लिकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको काशी नोबल एकेडेमीका प्रिन्सिपल राजेन्द्र घिमिरे उपाध्यक्ष, सचिवमा लुम्बिनी सृजना इङलिस स्कूलका प्रिन्सिपल सृजना पाठक र कोषाध्यक्षमा मुनलाईट सेकेण्डरी बोर्डिङ्ग स्कूल प्रिन्सिपल राजेश राज जोशी रहेका छन् ।
त्यस्तै सदस्यमा नेपाल नालन्दा सेकेण्डरी स्कूल युवराज पोख्रेल, साई ग्लोबल सेकेण्डरी स्कूलका लक्ष्मण ज्ञवाली, मोन्टेसरी मेमोरियल सेकेण्डरी स्कूलका धर्मेन्द्र कुमार मिश्रा रहेको प्रमुख निर्वाचन अधिकृत तथा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताए ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला अध्यक्ष अनन्तराम शर्माको विष्णु प्रसाद पन्थीको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सह–कोषाध्यक्ष एवं निर्वाचन अधिकृत महेश भुर्तेल र प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एवं निर्वाचन अधिकृत एक नारायण काफ्लेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्याब्सन सिद्धार्थनगरका उपाध्यक्ष एवं कार्यक्रम संयोजक उदय कुमार मल्लिकको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र घिमिरेले गरेका थिए ।