logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    गैरकानूनी रूपमा भारत हुँदै नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ


    १२ मंसिर २०८१ , बुधबार

    गैरकानूनी रूपमा भारत हुँदै नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ

    शहबाज खान । लुम्बिनीखबर
    कपिलवस्तु, १२ मंसिर । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, घेराउजोतस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्तीका क्रममा गैरकानूनी रूपमा नेपाल प्रवेश गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ परेकामध्ये ३२ वर्षीय लिजुनजुई को साथमा चिनियाँ पासपोर्ट भेटिएको छ भने ३५ वर्षीय एक्सटाओ को साथमा कुनै पनि पासपोर्ट वा परिचयपत्र फेला परेको छैन। उनीहरूलाई भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षीय अरबाज शेषले गाइड गरी नेपालतर्फ ल्याइरहेका थिए।

    जाँचका क्रममा लिजुनजुई को साथबाट दुई थान ल्यापटप, छ थान विभिन्न ब्रान्डका मोबाइल फोन, भारतीय मुद्रा १४ हजार ७५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।गैरकानूनी रूपमा भारत हुँदै नेपाल प्रवेश गरेको आरोपमा तीनै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि आवश्यक प्रमाणसहित अध्यागमन कार्यालय, बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.