logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रोहिणीमा १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्याश


    २२ मंसिर २०८१ , शनिबार

    रोहिणीमा १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्याश

    पशुपति यादव । लुम्बिनीखबर


    रोहिणी, मङ्सिर २३ । रोहिणी गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन नजिकै हुलाकी सडकको दक्षिणतर्फ १५ शैयाको आधारभूत अस्पताल निर्माणको लागि शिलान्याश गरिएको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यका साथ वैदिक विधिबाट भवनको शिलान्याश गरिएको हो ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव, उपाध्यक्ष श्री कान्ति चमार, प्रवक्ता एवम् वडा अध्यक्ष वीरबहादुर क्षेत्री, अध्यक्ष इन्द्रमान चौधरीलगायतका जनप्रतिनिधिहरू र स्थानीयको उपस्थितिमा सामूहिक रूपमा भवनको शिलान्यास गरिएको हो ।

    शिलान्यास कार्यक्रमका क्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरीले देशभर आधारभूत स्वास्थ्य सुविधाहरूको अभाव भएको स्थानमा १० र १५ शैयाको अस्पताल बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअन्तर्गत यो अस्पताल निर्माण हुन लागेको जानकारी गराए ।

    अस्पताल भवनका लागि आवश्यक पर्ने करिब १ बिघा ११ कट्ठा सार्वजनिक जग्गा स्थानीय नागरिक र सरोकारवालाहरूको सहयोगमा उपलब्ध गराइएको छ । त्यस्तै, अस्पतालसम्मको बाटो निर्माणका लागि स्थानीयले आफ्नो निजी जग्गा प्रदान गरी बाटो निर्माण गरेका छन् ।

    करिब ११ करोड रुपैयाँको लागतमा बन्ने अस्पतालको निर्माण कार्य आकृति एभरेष्ट, गंगोत्री देवी जेभीले पाएको छ । निर्माण सम्पन्न गर्नका लागि २४ महिनाको समय सीमा तोकिएको छ । बहुवर्षीय ठेक्का प्रक्रियामा अघि बढेको यो योजना अन्तर्गत डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) र माटो परीक्षणको काम सकिएको पालिकाको प्राविधिक शाखाले जनाएको छ ।

    सरकारले स्थानीय तहमा १० र १५ शैयाको आधारभूत अस्पताल निर्माणलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको पहुँचलाई सबै स्थानमा पु¥याउने लक्ष्य लिएको छ । रोहिणी गाउँपालिकामा निर्माण हुने यो अस्पतालले गाउँपालिकावासीहरूलाई नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    निर्माण कार्यको जिम्मेवारी लिएका कम्पनीहरूले समयमा भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पालिका अध्यक्ष यादवले पनि अस्पताल निर्माणले रोहिणी गाउँपालिकाका नागरिकको स्वास्थ्य सुविधामा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । यो अस्पतालले रोहिणी गाउँपालिकाका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न मात्र होइन, छिमेकी क्षेत्रहरूलाई समेत लाभ पु¥याउने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.