logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    २३औं सामूहिक खेलकुद महोत्सवले विद्यार्थीमा ऊर्जा थप्यो


    ३० मंसिर २०८१ , आइतबार

    २३औं सामूहिक खेलकुद महोत्सवले विद्यार्थीमा ऊर्जा थप्यो

    भैरहवा, मङ्सिर ३० । मङ्सिर २६ गते बुधबारदेखि सुरु भएको २३औं सामूहिक खेलकुद महोत्सव २०८१ शनिबार सम्पन्न भएको छ । सामूहिक विद्यालय परिवार रूपन्देहीद्वारा आयोजित चार दिने यो महोत्सवले विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई नयाँ ऊर्जा प्रदान गरेको छ । महोत्सवको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले सामूहिक विद्यालय परिवारले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले यस्ता प्रतियोगिताले खेलाडीहरूको मनोबल मात्र नभई नेतृत्व क्षमता पनि बढाउने बताए ।

    खेलकुद महोत्सवमा भलिबलतर्फ छात्रतर्फ सिबी पब्लिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल ग¥यो । न्यू इरा विद्यालयले दोस्रो स्थान हात पा¥यो भने लर्ड बुद्ध विद्यालय तेस्रो स्थानमा रह्यो । छात्रातर्फ मनकामना विद्यालयले उपाधि जित्न सफल भयो। सञ्जीवनी विद्यालय दोस्रो स्थानमा रह्यो भने मिनर्वा विद्यालयले तेस्रो स्थान हासिल ग¥यो । एथ्लेटिक्सतर्फ मनकामना इङ्गिलस हाई स्कूलले ६ स्वर्ण, २ रजत, र ६ कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शन ग¥यो । मिनर्वा इङ्गिलस हाई स्कूलले ५ स्वर्ण र २ रजत पदकसहित दोस्रो स्थान हासिल ग¥यो । स्पाङ्गल इङ्गिलस स्कूलले ५ स्वर्ण र ३ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो ।

    “स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद” भन्ने नाराका साथ आयोजित यस महोत्सवले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको आयोजक समितिले जनाएको छ । चार दिनसम्म सञ्चालन गरिएको महोत्सवका खेलहरू पक्लिहवा कृषि क्याम्पस र पक्लिहवा माविमा सम्पन्न गरिएका थिए । सहभागी विद्यालयहरूबाट आएका खेलाडीहरूले ५० मिटर दौडदेखि ८ सय मिटर दौड, रिले दौड, लङ जम्प, सटपुट, र भलिबलजस्ता विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए ।

    सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, र ओमसतियाँ गाउँपालिकाका २० सदस्य विद्यालयको सक्रिय सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र, र ट्रफी प्रदान गरिएको थियो ।

    सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष बसन्त पाण्डेले स्थायी खेलमैदानको अभावमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भए पनि आगामी दिनमा यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । यो महोत्सवले क्षेत्रीय खेलकुदको प्रवद्र्धननमा मात्र नभई राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा पनि टेवा पु¥याएको आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.