logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी प्रेस क्लबको १०औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न


    १४ पौस २०८१ , आइतबार

    लुम्बिनी प्रेस क्लबको १०औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न

    भैरहवा, पुस १४ । सञ्चारकर्मीहरूलाई एकताबद्ध गर्दै समाज रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यले स्थापना भएको लुम्बिनी प्रेस क्लबले आफ्नो १०औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । २०७२ सालमा स्थापना भएको क्लबले यस वर्ष विविध कार्यक्रममार्फत आफ्नो स्थापनादिनलाई अझ स्मरणीय बनाएको हो।

    स्थापनादिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता, भैरहवादेखि लुम्बिनीसम्मको बौद्ध सञ्चार यात्रा, र ध्यान शिविर विशेष आकर्षण बनेका थिए। यस अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि इश्तियाक अहमद खाँले क्लबको योगदानको प्रशंसा गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

    समारोहमा बोल्दै नगर प्रमुख खाँले सञ्चार क्षेत्रको महत्त्वलाई जोड दिनुभयो। “पत्रकारिता राज्यको चौथो अंग हो, जसले सरकार र जनतालाई सचेत बनाउन भूमिका खेल्छ, “उहाँले भन्नुभयो, “हामी सिद्धार्थनगरलाई क्लिन, ग्रिन, र इकोफ्रेण्डली सिटी बनाउने लक्ष्यमा छौं, र यसमा सञ्चारकर्मीहरूको सक्रियता अपरिहार्य छ ।’’ उहाँले नगरपालिकाले पत्रकारिताको प्रवद्र्धनका लागि अक्षयकोष स्थापना, पत्रकार सम्मान कार्यक्रम लगायतका योजनाहरु अघि बढाइरहेको जानकारी दिनुभयो। “तपाईंहरूको कदममा हाम्रो साथ हुनेछ, हामीसँग सहकार्य गरेर अघि बढ्न लुम्बिनी प्रेस क्लबको प्रतिबद्धता प्रेरणादायी छ।’’ उहाँले थप्नुभयो।

    क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले पत्रकारको भूमिका केवल समाचार संकलनमा सीमित नरही समाजप्रतिको जिम्मेवारीमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी राना, इतिहासकार विजय गोविन्द श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, र पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मालगायतले लुम्बिनी प्रेस क्लबले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले क्लबको स्थापना कालदेखि पत्रकारिता र समाजसेवामा गरेको योगदानलाई स्मरण गर्नुभयो। “हामीले केवल समाचार लेखेर मात्र होइन, समाजलाई सकारात्मक सोच र कार्यतर्फ डो¥याउने काम पनि गरिरहेका छौं, “उहाँले भन्नुभयो, “नकारात्मक सोच हटाई समाजलाई सही मार्गमा लैजान हामी प्रतिबद्ध छौं।’’

    स्थापना दिवसकै अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जिल्ला सुरक्षा समिति विजेता र लुम्बिनी प्रेस क्लब ‘बी’ टिम उपविजेता दुबै टिमलाई विशेष पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रशारणमा सहयोग पु–याएको भन्दै इलुम्बिनीखबर डटकम परिवारलाई कदरपत्र प्रदान गर्नुभएको छ।

    यसैगरी, बौद्ध सञ्चार यात्रामा सहभागी सञ्चारकर्मीहरूलाई प्रशंसा–पत्र वितरण गरिएको छ। कार्यक्रम संयोजक दीपक घिमिरेले सञ्चार यात्राले सञ्चारकर्मीहरूलाई अध्यात्म र सकारात्मक सोचतर्फ प्रेरित गरेको उल्लेख गर्नुभएको छ।कार्यक्रमको समापनमा महासचिव प्रकाश न्यौपानेले क्लबका गतिविधिहरूलाई निरन्तरता दिँदै समाजसेवा र पत्रकारितामा नयाँ आयाम थप्ने प्रतिज्ञा गर्नुभयो। “हामी सबैलाई धन्यवाद दिन चाहन्छौं, र आगामी दिनमा अझ बढी रचनात्मक र सहकार्यात्मक गतिविधिहरू गर्नेछौं,“ उहाँले भन्नुभयो।

    ४३ जना पत्रकार आबद्ध यो क्लबले भैरहवा, लुम्बिनी, मर्चवार, र धकधई क्षेत्रका सञ्चारकर्मीहरूलाई एकत्रित गर्दै पत्रकारिता र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.