logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    महिलाहरुको रोजाईमा इमेज ब्यूटी पार्लर


    १५ पौस २०८१ , सोमबार

    महिलाहरुको रोजाईमा इमेज ब्यूटी पार्लर

    रुबिना थापा । लुम्बिनीखबर
    मायादेवी, १५ पुस । भैरहवामै उत्कृष्ट सेवा दिदै आइरहेको इमेज व्यूटी पार्लरले महिलाहरुको सौन्दर्यको लागि विशेषरुपमा कार्य गर्दै आइरहेको छ । भैरहवाको आवारोड स्थित रहेको यस पार्लरले विगतका वर्ष देखि व्यूटी पार्लर सम्बन्धी विभिन्न कार्यहरु गर्दै आइरहेको इमेज व्यूटी पार्लरका सञ्चालक रुमा गुरुङ्गले जानकारी दिनुभयो ।
    सौन्दर्य भनेको शरीर, अनुहार, छालाको सुन्दरता बढाउने विभिन्न प्रक्रियाको प्राकृतिक वा कृतिम माध्यमको प्रयोग गरेर बाह्र्य सौन्दर्यलाई निखारने काम गरिन्छ । यो प्रक्रिया खास गरी व्यक्तिको आत्मविश्वास र व्यक्तिगत प्रस्तुतीकरण गर्न मदत गर्छ ।
    विशेष गरी महिलाहरुले आफ्नो कपाल, नङ्ग, अनुहार, छाला शरीरमा भएका हरेक अङ्गहरुको विशेष ख्याल गर्ने गरेको देखिन्छ । हुन त मानिसहरु भावनात्मक रुपमा सौन्दर्य हुनुपर्छ भन्ने भनाई छ । तर पनि विशेष आफ्नो कपाल, छाला, नङ्ग, अनुहार पनि एउटा व्यक्तिको आकर्षकलाई व्यक्तित्व विकासको निम्ति पनि विशेष देखिन्छ ।
    विगत ३ वर्षदेखि माइक्रो सेडिङ्ग/व्लेडिङ्ग सेवा
    इमेज व्यूटी पार्लरले सौन्दर्य सम्बन्धी महिलाहरुको लागि विगत ३ वर्ष देखि माइक्रो सेडिङ्ग÷माक्रो व्यलेडिङ्ग गर्दै आइरहेको छ । इमेज व्यूटी पार्लरका सञ्चालक रुमा गुरुङ्ग भन्नु हन्ुछ–‘ माइक्रो सेडिङ्ग भनेको एक प्रकारको मेसिनबाट गरिने सेमी परमानेट इङ्क भरेर गरिने प्रक्रिया हो । जसले गर्दा पातलो, आइब्रो नभएका, कम भएका मानिसहरुले यो सेवा लिदै आइरहेको बताउनु भयो । माइक्रो सेडिङ्ग भनेको व्लेडले पहिला आइब्रोमा सेभ दिइन्छ र त्यस पश्चात माइक्रो व्लेडिङ्ग गरिन्छ, त्यो काम मानिसको आइब्रोको सेभमा इङ्क भर्ने काम गरिन्छ ।’ यस प्रक्रिया पश्चात आइब्रो बाग्लो देखिनुका साथै सुन्दर, आकर्षक अनुहार देखिन्छ । यो माइक्रो सेडिङ्ग गर्ने जापान, कोरिया, चीनबाट प्रचलित हुँदै नेपालमा आएको हो । यो चार, पाँच कलरको हुन्छ कालो, खैरो, चक्लेटी जस्ता कलरहरु विशेष प्रयोग हुन्छ । हामीले क्लाइन्टको फेस हेरर उहाँलाई सुहाउने र क्लाइन्ट कै इच्छा अनुसार गर्दै आइरहेका छौ । माइक्रो सेडिङ्ग गर्दा हामीले छालाको २–३ लियर भित्र रहेर काम गर्ने भएकोले साइड इफेक्ट गर्दैन ।
    प्रत्येक शरीरमा भएका अंगहरुको आ–आफ्नै भूमिका रहेको हुन्छ । अनुहारमा झट्ट हेर्दा देखिने फेसको लुक्स राम्रो हुन जरुरी छ ।
    व्यूटी पार्लर सम्बन्धी विभिन्न कार्य गर्दा नमुलीकरण जरुरी हुन्छ । जस्तै माइक्रो सेडिङ्ग/ माइक्रो व्लेडिङ्ग गर्ने प्रक्रियामा निमुर्लीकरणको रुपमा हामीले यसलाई प्रत्येक व्यक्तिवाइज व्लेड चेन्ट गछौँ । त्यसलाई डेटोल लगाएर सुकारएर अर्को पटक आउदा त्यो व्लेड त्यही मानिसलाई मात्र प्रयोग गछौँ । यो व्लेड २ पटक सम्म प्रयोग गर्न मिल्छ ।
    यस पार्लरमा ब्राइडल मेकअप, हेयर स्ट्रेट, हेयर कट, फेसियल, हेयर कर्ली, हेयर केराटिन सुपथ मूल्यमा गर्दै आइरहेको इमेज पार्लरका सञ्चालक गुरुङ्गले भन्नुभयो । मेरो पार्लर धेरै महङ्गो छैन सर्वसाधरण सबैले यहाँ सेवा लिन सक्नु हुन्छ ।’
    इमेज व्यूटी पार्लरले विगतका वर्षदेखि व्यूटीसेन सम्बन्धी तालिम समेत दिदै आइरहेको छ । पार्लरको कोर्ष गर्न कम्तिमा पनि ६ महिना लाग्ने हुन्छ । बेसिक कोर्ष गर्दा ६ महिना पुरा गरेर २ वर्षसम्म इन्टसीपमा काम गर्नु पर्ने हुन्छ । सुरुको ३ महिना जति क्रिमहरुको इन्टरडक्सन मात्र हुन्छ । कतिपय मानिसहरु ३ महिना मात्र कोर्ष गरेर व्यूटी पार्लर खोलेर बस्ने गर्छन । त्यसमा विभिन्न घट्नाहरु घट्न सक्छन् । सामाजिक सञ्जालमा कतिपय मानिसको सबै कपाल केमिकलले झारेर गुनासो गरेको देखिन्छ । यो पूर्णरुपमा ज्ञान नभएर यस्ता खालका घट्नाहरु घटेको हो ।
    व्यूटीसेनहरुको काम गर्ने क्रममा जोखिम
    काम गर्ने समयमा विभिन्न खालका केमिकलहरुको प्रयोग गरिरहनु पर्ने भएकोले सर्तकता नअपनाउने हो भने नसा सम्बन्धी रोग, छातीमा इन्फेक्सन, छाला, आँखामा विभिन्न रोग समेत लाग्न सक्ने हुन्छ । यसको रोकथाम तथा नियन्त्रणका लागि काम गर्दा माक्सको प्रयोग आँखामा चस्मा, हातमा पञ्जा लगाएर मात्र गनुपर्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.