उदयराम पौडेल
हाम्रो भूगोल डाँडा काडा, भीर, पाखा पखेराले भरी भराउँ छ र हाम्रो जनचेतना पनि सबै चेतनशील छैन् । अर्धचेतन भएकै कारणले टाठावाठाहरुले ठगि रहेका छन् । हाम्रो शिक्षा नीति पनि गरि खाने भन्दा हेरिबस्ने खालको छ । किन अति नै गहिरो प्रश्न खडा भएको छ, के यसलाई अपनत्व, संस्कार, संस्कृति, भूगोल र राष्ट्रियताको ज्ञान गराउने व्यवहारवादी शिक्षा खैं ? जुन नैतिक आचरण धर्म, संस्कृति र राष्ट्रियताका प्राण हुन । त्यस प्रकारका विषयबस्तु शिक्षा नीतिमा समावेश नै गरिएको छैन् । हाम्रो नेपाल पूर्व ऋषि मुनिहरुले तपश्य गरेको पवित्र तपोभूमि हो । यसै भूमिद्वारा ऋषिमूनिहरुले ज्ञानरुपी धारा बगाएका थिए । आज तिनैवाट प्रतिपादित बेद, उपनिषद, भागवत आदि ग्रन्थहरूको विश्वले अध्यापन अन्वेषण गरिरहेका छन् । हामी भने आफ्नो मौलिक संस्कार, संस्कृति, धर्म र नैतिकतालाई बिर्सेर अरुको नक्कल गर्न अग्रसर भएका छौ । आज हामीलाई गरीखाने आफ्नै पनमा आधारित नैतिक शिक्षाको आवश्यकता छ । हिम्मवतखण्ड कछारीमा अवस्थित मातृभूमिलाई सिगार बटार गरेर चिटिक्क पार्ने ज्ञान विज्ञान चाहिएको छ हामीलाई ।
देवदेवीका मठमन्दिरहरूले सुशोषित पुण्यभूमि नेपालमा नीति र नियत स्वच्छ नभएकै कारण विकार र विकृतिका कणहरू फैलिएका छन् जसले गर्दा सम्पूर्ण क्षेत्र प्रदूषित भएको छ । कुनैबेला यही भूमिलाई ऋषिमुनि साधक सन्तहरुले विश्वको उन्नति र सबै सबै मानव कल्याणका लागि महत्वपूर्ण ज्ञानरुपी ज्योति प्रकाशित गरेका थिए। आज हामी त्यसको ठिक उल्टो अरुको आश्रयमा बाँच्न खोजिरहेका छौं । आफ्ना साधन र स्रोतहरू खेर गइरहेका छन् । त्यसलाई सञ्चालन गर्ने जाँगर जोश छैन हाम्रो श्रद्धा नेताहरूमा। किन ? प्रश्न खडा भएको छ जवाफ छैन इमान्दार जिम्मेवारीको बोध गर्न सकेन राजनीतिवृत्तिले। प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण जन्मेको छातीमा उल्टै भाला रोपेका छन् राजनीतिकर्मीहरूले । हरेक क्षेत्रमा चुहिने प्वालहरु छन्। शिक्षा र स्वास्थ्य जस्ता पवित्र क्षेत्र अरु पनि दुखावस्थामा पुगेका छन् । समयको गतिसँगै सँगै हिँड्न सकेन, आफ्नै मौलिक धर्म कर्म र राष्ट्रिय भावनामा टेवा पु¥याउने शिक्षाको आवश्यकता महसुस गर्दैछ समाजले । अपनत्व, संस्कार र संस्कृति बिर्सिसकेका छौँ हामीले। के यो आफ्ना मूल्य, मान्यता र आदर्शको अब मूल्य छैन ।
शिक्षामा ठूलो लगानी गरेको छ राज्यले, तर परिणाम आउन सकेको छैन किन? शिक्षा नीति व्यवहारिक र गरी खाने भएन । त्यसैले आमूल परिवर्तन टड्कारो रूपमा देखा परेको छ । कसरी शिक्षालाई आफ्नो भूगोल अनुसार गरी खाने व्यवहारवादी बनाउन सकिन्छ, बौद्धिक वर्ग अग्रसर हुनैपर्छ । किनभने देश सबैको साझा हो र बालबालिका यो देशका भविष्यका निर्माणकर्ता हुन् । उनको भविष्य उज्ज्वल बनाउने अभिभावक हरू जिम्मेवार भएर सोच्ने समयले सबैलाई प्रेरित गरिरहेको छ । यस प्रकार समयको तीव्र बेगलाई बुझेर व्यवहारवादी नैतिक शिक्षालाई समावेश गरी शिक्षा नीति तर्जुमा गर्न आवश्यक देखिएको छ । यो समयको माग हो। त्यसैले जति सक्दो चाँडो योजनाबद्ध रुपमा शिक्षा नीति बनाउने अति आवश्यक भएको छ । किनभने वर्तमान शिक्षा नीतिद्वारा प्रभावित भएको छ। यो बिल्कुल गलत हो । कारण शिक्षा, स्वास्थ्य जस्ता सेवामूलक संघसंस्थाहरू निर्मल भावनाले प्रेरित हुनुपर्छ । किनकि सबैको आआफ्नो गुणधर्म र सीमा हुन्छ । जसले सीमा पार गर्छ त्यसमा शुद्धता हुँदैन ।
वास्तवमा अहिले देशमा च्याउँ उम्रे जस्तै बोर्डिङ स्कुलहरू उम्रेका छन् । तर तिनीहरूको आफ्नै विशेषता झल्किन्छ । अपनत्वको भावना, संस्कार, संस्कृतिभन्दा अंग्रेजीलाई माध्यम बनाइएको छ । यस प्रकारको शिक्षा देशको आवश्यकताभित्र पर्छ कि पर्दैन यसको राष्ट्रले मूल्याङ्कन गर्न आवश्यक आवश्यक भएकै छ । किनकि यसले अभिभावकहरूको शोषण अधिक मात्रामा गरेको छ एकतर्फ भने अर्कोतर्फ दुई प्रकारको चरित्र आफ्नो संस्कार र संस्कृति तथा आदर्शको अवमूल्यांकन गरेको देखिन्छ । त्यसकारण शिक्षा सबैका लागि समान नीति निर्धारण हुनुपर्छ । अहिलेको आवश्यकता भने को अङ्ग्रेजी होइन । व्यावहारिक गरीखाने अपनत्वमा आधारित नैतिक शिक्षाको विकास गर्ने आवश्यकता भएको समष्टिले महसुस गरेको छ । त्यसकारण राष्ट्रिय र राष्ट्रियताको विकास गर्न आफ्नो खुट्टामा उभिन सक्ने जनशक्ति चाहिएको छ । जसले आफ्नो देशलाई इमान्दारीपूर्वक आत्मनिर्भरको बाटोमा डोर्याउने सकोस्। मानिसमा गरी खाने भावना छ, तर यसलाई उपयोग गर्ने नीतिको विकास भएन ।
हाम्रो देश कृषिप्रधान देश हो तर त्यसको विकासमा लगाउनपर्ने जनशक्ति बाहिर पठाएर सरकारले ठूलो गल्ती गरेको छ । किनभने देश त्यतिबेला समृद्धि हुन्छ जब खाद्यान्न देश आत्मनिर्भर हुन्छ । कस्तो विडम्बना छ, आफ्नो जनशक्ति बाहिर पठाएर आफ्नो उर्वरा शक्ति भएका जमिनका पाटाहरू बाझै राख्ने। अनि उत्पादकत्व वृद्धि गर्ने, खै जनशक्ति, खै उत्पादकत्व, खै उत्पादन दत्त वृद्धि गर्न सकेको छ झुट बोलिरहेको छ सरकार। कृषि क्षेत्रमा रोजगारका धेरै सम्भावनाहरू छन् । तर सरकारको अलिकति पनि त्यसतर्फ दृष्टि छैन । आफ्नो र सन्ततिहरूको भविष्य टाउकोमा राखेर डलर कमाउने प्रतिभाशाली युवा शक्ति बिक्री गर्ने। त्यसबाट आएको रकम पनि सदुपयोगभन्दा दुरुपयोग भएको छ। कसरी त्यसको अर्थतन्त्रको विकास हुन्छ । सफेद झुट, बेइमानी, ठाग प्रवृत्तिको चारैतर्फ घनघोर विरोध भइरहेको छ । आज देश बेमानहरूको फुटबल खेल्ने मैदान बन्न पुगेको छ । झुटै झुटको प्रपञ्च रचेर देशलाई भ्रष्टमै बनाउनेहरूलाई धिक्कार छ ।
अन्त्यमा समिष्टि रूपमा हेर्दा र भन्दा माथि उल्लेखित शिक्षा, स्वास्थ्य, कृषि र सेवामूलक संघसंस्था सबै बेमान राजनीतिको चक्रव्युमा त्यसरी नै फसेका छन् जसरी मछुवाराहरूको धडियामा माछा फसेका हुन्छन् । देश र जनकल्याणको विषयमा स्वतन्त्र रूपमा अभिव्यक्ति व्यक्त गर्न सक्दैनन्। किनभने कसैले पनि कसैको कोप भजन बन्नु भन्दा मौन धारण गर्नु बुद्धिमानी सम्झिन्छन् । एक प्रकारले हेर्दा साँचो हो भने जिम्मेवारी र कर्तव्यको दृष्टिले हेर्दा गलत प्रवृत्ति हो। किनकि देशको प्रवर्धन वर्ग विशेषले कोही गलत बाटोमा हिँड्नेलाई तिमी गलत बाटोमा हिँड्दैछौ सुधार गर भन्दैन भने बेमानहरूको उत्साह र उमङ्ग बढ्दै जान्छ समाज र देशलाई घाटा हुन्छ। मलाई धेरै पुरानो कुरा सम्झेर यहाँ उल्लेख गर्दैछु। पञ्चायतकाल थियो, एकजना प्रोसरको घरमा गएको थिए, एक हुल ५÷७ जनाको डब्बा आयो र गुरुजी हामीले एउटा योजना बनाएका छौं । ठिक छ कि छैन भने र एउटा कागज गुरुजीलाई दिएँ । गुरुले हेरेर एकछिन टोलाउनु भयो र ठिक छ बाबुहरु सिधै खुसी भएर निस्क्यो । त्यसपछि गुरुजीले भन्नुभयो यो मूर्खको समूह यिनीहरु सँग वादविवाद गर्नभन्दा ठिक छ भन्नु उचित हो भन्नुभयो । आज देशमा दलीय सरकार छ, उसले देश र समाजको हितभन्दा दलगत हित र स्वार्थमा लागि परेको महसुस समाजले गर्दैछ। त्यसैकारणले गर्दा समिष्टिको कल्याण गर्न असफल भएको छ। हरि ओम तत्सत ।