logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    प्रहरीको सक्रियतामा तीन फरार प्रतिवादी पक्राउ


    २२ पौस २०८१ , सोमबार

    प्रहरीको सक्रियतामा तीन फरार प्रतिवादी पक्राउ

    भैरहवा, पुस २२ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सक्रियतामा बिभिन्न मुद्धामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार मिति २०६१ सालको चैत २५ गतेको फैसला अनुसार सवारी ज्यान मुद्धामा फरार रहेका सैनामैना नगरपालिका वडा नं. ५ का केशव प्रसाद चपाईलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले पक्राउ गरेको हो। त्यस्तै, बन मुद्धामा फरार रहेका सैनामैना नगरपालिका वडा नं. ८ का रामदास मल्लाहलाई पनि इलाका प्रहरी कार्यालय सालझण्डीकै टोलीले पक्राउ गरेको छ।

    यस्तै, मिति २०६८ सालको मंसिर २२ गतेको फैसला अनुसार लागुऔषध मुद्धामा फरार रहेका बुटवल उपमहानगरपालिका वडा नं. ४ का दिपु भन्ने दिपक प्रसाद नेपालीलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

    तीनैजना प्रतिवादीलाई अदालतको आदेश अनुसार कैद तथा जरिवाना भुक्तानीका लागि सम्मानित रुपन्देही जिल्ला अदालतमा पेश गरिएको कार्कीले जानकारी दिनुभएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.