logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    संविधानसभा सदस्य जलेसाद्वारा न्यानो कपडा वितरण


    २४ पौस २०८१ , बुधबार

    संविधानसभा सदस्य जलेसाद्वारा न्यानो कपडा वितरण

    रमा पन्थी/लुम्बिनीखबर


    भैरहवा, पुस २४ । चिसो मौसमले जनजीवन प्रभावित पारेको अवस्थामा नवलपरासीको बर्दघाटमा संविधानसभा सदस्य सिन्धु जलेसाले गरीब र विपन्न परिवारका लागि न्यानो कपडा वितरण गरेकी छिन् । विशेषतः दक्षिणी बर्दघाटका चौधरी समुदायका लागि लक्षित यो अभियानले चिसोका कारण कठ्याङ्ग्रिन बाध्य रहेका परिवारलाई राहत दिएको छ।

    जलेसाले सानो ब्लाङ्केट र अन्य न्यानो कपडाहरू वितरण गर्दै, “चिसोले स्वास्थ्यमा थप असर गर्न सक्ने भएकाले यो सानो सहयोगले विपन्न परिवारलाई राहत दिने आशा छ,” बताइन्। उनका अनुसार वितरणको क्रममा धेरैजसो मानिसहरू लुगा अभावकै कारण परालमा सुतेको र आगो बालेर बाहिर समय बिताएको अवस्थामा भेटिए। यस्तो दुःखद दृश्यले आफूलाई भित्रैदेखि छोएको र सहयोगका लागि प्रेरित गरेको जलेसाले बताइन्।

    समाजसेवामा निरन्तर सक्रिय जलेसाले यसअघि पनि विभिन्न राहत र सामाजिक कामहरू गर्दै आएकी छन्। “सहि र आवश्यक ठाउँमा सहयोग पु¥याउँदा मात्र वास्तविक पीडितको उद्धार सम्भव छ,” भन्दै उनले आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने वचन दिइन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.