logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारमा सहकारीको प्रभावः नवदुर्गा स्वावलम्बनको २५ वर्षे यात्रा


    ३ माघ २०८१ , बिहिबार

    मर्चवारमा सहकारीको प्रभावः नवदुर्गा स्वावलम्बनको २५ वर्षे यात्रा

    मर्चवार, माघ ३ । श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था २५ वर्षदेखि ग्रामीण समुदायलाई आर्थिक सशक्तीकरणमा योगदान दिँदै आएको छ। संस्थाले आर्थिक वर्ष २०८०/०८१ को आय–व्यय प्रतिवेदन र आगामी योजनाहरू प्रस्तुत गर्दै आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। अध्यक्ष दुर्गाप्रसाद कुर्मीले सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ४६ करोड २४ लाख ८४ हजार ५१ रुपैयाँ पुँजी निर्माण भएको जानकारी दिए। २ हजार १ सय ९७ महिला र २ हजार ७ सय ९ पुरुष गरी ४ हजार ९ सय ६ शेयर सदस्य रहेको संस्थाले ९३ लाख १५ हजार १ सय ८१ रुपैयाँ शुद्ध नाफा गरेको घोषणा ग¥यो।

    नवदुर्गा स्वावलम्बन सहकारीले मर्चवारका ग्रामीण बासिन्दाका लागि आर्थिक जीवनमा नयाँ आशा र विश्वास ल्याएको छ। सहकारीले ६ हजार ४ सय २० बचत खाताबाट ३५ करोड ३९ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ बचत संकलन गरेको छ। संस्थाले बचतकर्ताहरूलाई २ करोड ९९ लाख ४१ हजार ६ सय ८५ रुपैयाँ ब्याज वितरण गर्दै ग्रामीण क्षेत्रमा आर्थिक स्थिरता र बचत संस्कृतिको विकास गरेको छ। कृषि, व्यवसाय, पशुपालन, र अन्य क्षेत्रहरूमा संस्थाले २९ करोड ७४ लाख ५८ हजार ७ सय ४५ रुपैयाँ ऋण लगानी गरी किसान र उद्यमीहरूको जीवनस्तर सुधार गर्न सहयोग पु¥याएको छ।

    सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वसीउद्दीन खाँले मर्चवार क्षेत्रमा सहकारीहरूको आगमनपछि मिटरब्याजी प्रथामा कमी आएको उल्लेख गरे। “पहिले मानिसहरूले विवाह, घर निर्माण, र औषधि उपचारका लागि महँगो ब्याजदरमा ऋण लिनुपथ्र्यो, “खाँले भने, “तर अहिले सहकारीहरूले ती समस्याबाट स्थानीय बासिन्दालाई राहत पु¥याएका छन्।’’

    लुम्बिनी प्रदेश सभाकी पूर्व सदस्य सुनिता ठठेरले सहकारीमार्फत महिलाहरूको आर्थिक सशक्तीकरणमा भएको प्रगतिलाई प्रशंसा गरिन्। उनले महिलाहरूको सहकारीमा सक्रिय सहभागिता उल्लेख गर्दै, ग्रामीण महिलाहरूले बचत र ऋण प्रक्रियालाई सहज बनाएको बताइन्। “महिलाहरूले सहकारी भवन निर्माणदेखि विभिन्न गतिविधिमा सक्रियताका साथ काम गरेका छन्, “ठठेरले भनिन्। रुपन्देही जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाईले सहकारी संस्थाले ग्रामीण क्षेत्रमा आर्थिक क्रान्तिको जग बसालेको बताए। उनले सहकारीलाई ऋण समयमै फिर्ता गर्न प्रोत्साहन गर्दै सहकारीमा भएको विश्वास कायम राख्न आग्रह गरे।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण काफ्लेले सहकारीले कृषि क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै, बीउ प्रसोधन प्लान्टको सफल प्रयोगबाट किसानहरूको उत्पादन क्षमतामा सुधार आएको बताए। उनले अन्य सहकारीहरू र स्थानीय तहहरूले पनि यस कार्यबाट सिक्नुपर्नेमा जोड दिए। सभामा विभिन्न वक्ताहरूले सहकारीका चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय, प्रदेश, र संघीय सरकारबीच समन्वयको आवश्यकता औंल्याए। जिल्लाका सहकारी संघका महासचिव दामोदर पंगेनीले सहकारीहरूको सुरक्षाका लागि स्थानीय सरकारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

    नवदुर्गा स्वावलम्बन सहकारीको २५ वर्षे यात्रा मर्चवार क्षेत्रमा आर्थिक, सामाजिक, र कृषिमा पु¥याएको योगदानको उदाहरण बनेको छ। संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा व्यवस्थापक जितेन्द्र यादवले कार्यक्रम सञ्चालन गरेका थिए। सहभागीहरूको भनाइमा, सहकारीको यो यात्रा ग्रामीण क्षेत्रका लागि प्रेरणादायक र सशक्तीकृत अभियानको प्रतीक हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.