logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    चौपाय छाडा छोड्नेलाई सात हजार जरिवाना


    १० माघ २०८१ , बिहिबार

    चौपाय छाडा छोड्नेलाई सात हजार जरिवाना
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 28;

    लुम्बिनीखबर
    भैरहवा, १० माघ । आफ्ना चौपायहरु जथाभावि छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गराएको छ ।
    नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखी अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत हालसम्म ७८ वटा गाई गोरुको व्यस्थापन गरिएको छ । त्यसमध्ये छाडा चौपाय आफ्नो भनि दावि गर्न आएका दुई जनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाईएको नगरपालिकाका प्रवत्ता एवं छाडा चौपाय नियन्त्रण अभियानका सयोंजक भोला यादवले जानकारी दिए । छाडा चौपाय निन्त्रणकालागी स्थानिय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवना गराई आयिन्दा छाडा नछोड्ने सर्तमा सम्वन्धित धनीलाई जिम्मा लगाईएको हो ।
    बजारमा छाडारुपमा हिडिरहेका चौपायहरुलाई नियन्त्रणमा लिएर अस्थाई होल्डिन सेन्टरमा राखिएको र त्यहाँबाट कपिलबस्तुको बाणंगगा नगरापलिका वडा नं २ मा रहेको गौशालामा लगेर वयस्थापन गरिएको उनले बताए ।
    छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तिायक अहमद खानले जानकारी दिए ।
    ‘विशेषगरी छाडा गाइगोरुले नगरमा बढी समस्या ल्याएको छ,’ उनले भने ‘छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमुत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्ने गरेका छन् ।’
    नियन्त्रणमा लिइएको गाइगोरु कसैले आफ्नो भनी दाबी गर्न आएमा न्यूनतम ७ हजार जरिवाना तिराएर दिइने अन्यथा नियन्त्रणमा लिइएका गाईगोरुलाई गौशाला लगिने गरिएको छ ।
    सिद्धार्थनगरमा बर्सेनि छाडा गाईगोरुको समस्या विकराल बन्ने गरको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने र केही किसानले दिनभरि बजारका फलफूल, तरकारी पुलआसपास छाडी रातपरेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या बर्सेनि दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । नगर प्रमुख खाँले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.