लुम्बिनीखबर
सिद्धार्थनर, १० माघ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालय बेलहिया र नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर रुपन्देहीले सप्ताहव्यापी कार्यक्रम गरेको छ ।
माघ १३ गते (जनवरी २६) का दिन ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस अवसरमा भैरहवा भन्सार कार्यालय र नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरले आफ्नो योजना अनुसार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर रोहिणी गाउँपालिका वडा नं.ं.–१ मा रहेको मदरसा इस्लामिया का.अ.सु फैजुल आ. मा अध्ययनरत १८२ जना विद्यार्थीहरुको आवश्यकतालाई विशेष ध्यानमा राखि भैरहवा भन्सार कार्यालय बेलहिया र नेपाल भन्सार एजेन्ट संघ, रुपन्देहीको संयुक्त आयोजनामा स्वीटर वितरण गरिएको हो ।
प्रमुख अतिथि सिद्धार्थनगर नगर नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँले भन्सार कार्यालयले मदरसाको आवश्यकतालाई ध्यानमा राखि स्वीटर वितरण गर्नु अत्यन्तै महत्वपूर्ण कार्य रहेको हो । उनले भने, –“मदरसा चन्दा र सहयोगबाट चल्छ, इस्लाम धर्मावलम्बीहरुले आफ्नो एक एक मुठ्ठी चामल संक्लन गरेर, कमाईको केही हिस्साको सहयोगबाट चल्छ । त्यसकारण यहाँहरुको गरेको सहयोग आर्थिक रुपले विपन्न बालबालिकाका लागि मौषम अनुकुल महत्वपूर्ण छ ।”
भैरहवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आफ्नो योजना अनुसार सप्ताह रुपी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वीटर वितरणका लागि अवसर दिएकोमा मदरसा परिवारलाई आभार दिदै अगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले अन्तर्राष्टि भन्सार दिवसको अवसरमा सामाजिक मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गर्न पाउँदा खुसी महसुस भएको बताए ।
मदरसा व्यवस्थापन समितिका अध्यक्ष तथा रोहिणी गाउँपालिका वडा –१ का वडाअध्यक्ष आविद अली पठानले आफू विगत ८ वर्षदेखि अध्यक्ष रहेको र मदरसामा पहिलोपटक भन्सार कार्यालय र भन्सार एजेन्ट संघबाट सहयोग प्राप्त भएको बताए । अगामि दिनमा यस्ता सहयोग हुने आपेक्षा रहेको बताए ।
