logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी सोनवर्सीमा थारु संस्कृति संरक्षणका लागि चौथो माघी महोत्सव


    ११ माघ २०८१ , शुक्रबार

    लुम्बिनी सोनवर्सीमा थारु संस्कृति संरक्षणका लागि चौथो माघी महोत्सव

    अन्जना चौहान


    लुम्बिनी, माघ ११ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ सोनवर्सीमा चौथो माघी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। थारु समुदायको मौलिक संस्कृति संरक्षण र प्रवद्र्धनका लागि आयोजित यस महोत्सवलाई लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय र थारु कल्याणकारी सभाको संयुक्त पहलमा आयोजना गरिएको थियो। महोत्सवले थारु समुदायको परम्परागत संस्कार, संस्कृति र एकताको झल्को प्रस्तुत गरेको छ।

    चौथो माघी महोत्सवमा पतिजिया भूमिपुत्र कृषक समूह, कोटहीमाई जागरण एकता युवा क्लब, गुण्डा थारु क्लब लगायतका विभिन्न स्थानीय र क्षेत्रीय समूहहरूले झाँकी, ¥याली, र सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरे। थारु समुदायको प्रमुख पर्व माघे सङ्क्रान्तिको अवसरमा शुभकामना आदान–प्रदान, माघी खिचडी प्रसाद वितरण, ढिकरी, माछा, अचार लगायतका परम्परागत खानाका परिकारहरूको समेत विशेष व्यवस्था गरिएको थियो।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले थारु समुदायको माघी महोत्सवले समुदायको मौलिक पहिचानलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। साथै, उहाँले थारु संस्कृति संरक्षण, सीपमूलक तालिम, र युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न नगरपालिकाले आगामी दिनमा ठोस योजना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

    थारु कल्याणकारी सभाका अध्यक्ष केशवनन्द थारुले महोत्सवले थारु समुदायको सांस्कृतिक विविधता र एकतालाई बलियो बनाउने बताए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, वडा नं. ९ का वडा अध्यक्ष कमल अख्तर फकिर, वडा सदस्य, वडा सचिव, स्थानीय समाजसेवी, र विभिन्न थारु क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो।

    महोत्सवमा राष्ट्रिय गायक मिलन चौधरी, डान्सर लाडली चौधरी, महिमा क्षेत्री, सुनिता चौधरी, अन्जीन थारु लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिए। कार्यक्रममा खिचडी महोत्सवसँगै परम्परागत थारु भेषभूषा र सांस्कृतिक प्रस्तुतिहरूले सबैको ध्यान खिचेको थियो। यो महोत्सवले केवल थारु संस्कृति र परम्परालाई मात्र नभई स्थानीय पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याएको आयोजकको विश्वास छ। सोनवर्सीको यस महोत्सवले लुम्बिनीलाई सांस्कृतिक एकताको प्रतीककारूपमा थप परिचित गराउने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.