logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सिद्धार्थ सार्बजनिक यातायातको अध्यक्षमा संजीव रोक्का


    १५ माघ २०८१ , मंगलबार

    सिद्धार्थ सार्बजनिक यातायातको अध्यक्षमा संजीव रोक्का

    लुम्बिनीखबर
    सिद्धार्थनगर,  माघ । सिद्धार्थ सार्बजनिक यातायात प्रा.लि. सिद्धार्थनगर–३, रुपन्देहीको साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न भएको छ ।
    शनिवार सिद्धार्थ सार्बजनिक यातायात प्रा.लि को सभाहलमा भएको अबिधेशनले संजीव रोक्काको अध्यक्षमा नयाँ संचालक समिति सर्बसम्मत चयन गरेको छ ।
    सिद्धार्थ सार्बजनिक यातायात प्रा.लि.को संचालक समिति सदस्यमा एजाज वारिस, लोक बहादुर गुरुङ्ग, जितेन्द्र कुमार क्षेत्री, सियाराम यादव, खड्ग बहादुर गुरुङ्ग र राम बहादुर पौडेल क्षेत्री रहेका छन् ।


    कार्यक्रम सिद्धार्थ सार्बजनिक यातायात प्रा.लि.का अध्यक्ष संजीव रोक्काको अध्यक्षतामा, सिद्धार्थनगर नगरपालिका नगर प्रमुख (मेयर) इस्तियाक अहमद खाँ को प्रमुख अतिथ्यता, उप–प्रमुख उमा अधिकार, ट्राफिक प्रहरी प्रमुख रन्जु के.सि, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझी, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का पूर्व अध्यक्ष मनोज प्रसाद शर्मा, ईश्वरी प्रसाद भण्डारी, गिरीराज विक्रम खड्काको विशिष्ट अतिथ्यता र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको  अतिथ्यतामा संचालन गरिएको थियो भने चालक, फिल्ड कर्मचारी, अफिस कर्मचारी, सवारीधनी, बैंक, विमा कम्पनी, जेष्ठ नागरिक, तथा विभिन्न संघसंस्थालाई प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको  थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.