logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजन विश्वकर्मा


    १५ माघ २०८१ , मंगलबार

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजन विश्वकर्मा

    लुम्बिनीखबर
    सिद्धार्थनगर, माघ । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ रुपन्देहीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अबिधेशनबाट राजन विश्वकर्मा अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
    शनिवार भैरहवामा भएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको अधिबेशनबाट २२ सदस्यीय कार्यसमिति बनाएको छ ।
    सघको वरिष्ठ उपाध्यक्षमा प्रेम कुमार रामदाम, प्रथम उपाध्यक्षमा सुनिल सेन्चुरी, द्वितीय उपाध्यक्षमा मिलन विश्वकर्मा, तृतीय उपाध्यक्षमा जय बहादुर (धु्रव लाम्गादे), चौथो उपाध्यक्ष प्रशान्तमणि रामदाम, महासचिव गणेश वि.क., कोषाध्यक्षमा विनोद रसाल, सह–कोषाध्यक्षमा प्रदीप कुमार वर्मा, सचिवमा जंग बहादुर रसाल र सह–सचिव दिपेन्द्र लाम्गादे रहेको छन् ।
    संघको कार्यसमिति सदस्यमा सुरज कुमार सोनी, रेमण्ड विश्वकर्मा, जुलेन लाम्गादे, मोहन कुमार वि.क सौरभ रामदाम वि.क, अनिल कुमार सेन्चुरी, रुद्र बहादुर वि.क (जीवनं) विवेक कुमार वर्मा, आनन्द सुनार, हितेस वि.क र सुनिल कुमार वर्मा रहेका छन् ।


    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सतिश कुमार कौशलको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँको प्रमुख अतिथ्यता, नगरपालिकाका उपप्रमुख उमा अधिकारीको विशिष्ट अतिथ्यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मनोज सेन्चुरी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अतिथ्यता रहेको थियो भने संघका महासचिव सुनिल सेन्चुरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.