logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    जेसीआई सिद्धार्थ लेडी, नेपालको अध्यक्षामा अम्बिका घिमिरे


    १५ माघ २०८१ , मंगलबार

    जेसीआई सिद्धार्थ लेडी, नेपालको अध्यक्षामा अम्बिका घिमिरे

    लुम्बिनीखबर
    सिद्धार्थनगर, माघ । जेसिआई सिद्धार्थ लेडी, नेपालको २९औं पद हस्तान्त्रण एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
    जेसिआई सिद्धार्थ लेडी नेपालको पद हस्तान्तरणले अध्यक्षमा अम्बिका घिमिरे लाई चयन गरेको छ ।
    आइतवार जेसिआई सिद्धार्थ लेडी नेपालले आयोजना गरेको पद हस्तान्तरण कार्यक्रमबाट निवर्तमान अध्यक्षमा किसन दाहाल, कार्यकारणी उपाध्यक्षमा अप्सरा पाण्डे, बेनु्का खड्का, कानुनी सल्लाहकारमा गिता गैरे बन्जाडे, महासचिवमा कल्पना खनाल, कोषाध्यक्षमा बर्षा गौरी भट्टराई, उपाध्यक्षमा विद्या शर्मा, सपना घिमिरे, पुजा कंडेल, दिपा गुरुङ्ग, तालिम निर्देकमा सिता भण्डारी, प्रकरण निर्देशकमा पुष्पा घिमिरे, शाखा सम्पादकमा मन्दिरा उप्रेति, सदस्य बृद्धि संयोजकमा संगम खनाल, कोष बृद्धि संयोजक कविता अधिकारी र सह–कोषाध्यक्षमा अन्जु घिमिरेलाई सर्बसम्मत गरेको हो ।


    जेसिआई सिद्धार्थ लेडी, नेपाल पहिलो सत्र २०२४ का अध्यक्ष किसन दाहालको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य माननीय मिना गिरी प्रमुख अतिथ्यता, सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा अधिकारी, नेपाल जेसिज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र नं. “घ” सौरभ श्रेष्ठ को विशिष्ट अतिथ्यता र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ को अतिथ्यता रहेको थियो भने कार्यक्रममा छिमेकी शाखा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रम जेसिआई सिद्धार्थ लेडी, नेपालका शाखा सम्पादक मन्दिरा उप्रेतिको संयोजक्त्वमा र कार्यकारणी उपाध्यक्षको संचलनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.