logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    टुगा आस्था सहकारीको अर्धवार्षिक समीक्षाः ८४ करोड ९७ लाखको वित्तीय विश्लेषण


    १६ माघ २०८१ , बुधबार

    टुगा आस्था सहकारीको अर्धवार्षिक समीक्षाः ८४ करोड ९७ लाखको वित्तीय विश्लेषण

    भैरहवा, माघ १६ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुतिपिपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ.व. २०८१/०८२ को अर्धवार्षिक समीक्षा बैठक बिहीबार केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डी.बी. थापाको अध्यक्षतामा भएको बैठकको उद्घाटन प्रमुख सल्लाहकार ताराप्रसाद छन्तेलले गर्नुभएको थियो।

    बैठकमा संस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा उपसमितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा ८४ करोड ९७ लाख रुपैयाँ बराबरको वासलात रहेको पूँजीको समग्र वित्तीय विश्लेषण गरिएको थियो। प्रवन्धक लक्ष्मण काउचाले अर्धवार्षिक बजेट, वित्तीय तथा गैरवित्तीय कार्ययोजनामा वर्गीकरण गर्दै पर्ल्स विधिबाट वित्तीय संरचनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गर्नुभयो।

    संस्थाका अध्यक्ष थापाले सहकारीले हालसम्म हासिल गरेको उपलब्धिहरू र चुनौतीहरूबारे धारणा राख्दै संस्थाको साख कायम राख्न सबै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारीरूपमा पूरा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।

    रुपन्देही जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल टुगा आस्था सहकारीले वित्तीय कारोबारसँगै सदस्यहरूको जीवनस्तर उकास्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हाल संस्थाले भैरहवा र कोटिहवामा सेवा केन्द्र स्थापना गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    कार्यक्रममा सल्लाहकार लक्ष्मण कुमार थापाले डिजिटल युगमा हरेक सेवा सुविधा प्रविधिमैत्री बनाउनु अपरिहार्य रहेको उल्लेख गर्दै सहकारी संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकबाट जारी मापदण्डले कतिपय चुनौती उत्पन्न गरेको धारणा राख्नुभयो। उहाँले यस्ता प्रावधानहरूको संशोधनका लागि संस्थागत पहल आवश्यक रहेको सुझाव दिनुभयो।

    कार्यक्रमको सञ्चालन सचिव गोकुल पोख्रेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाले राख्नुभएको थियो। अध्यक्ष थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहकारीले सदस्यहरूको आवश्यकतामा केन्द्रित सेवाहरूलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.