logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    मझगावाँ प्रशासन कार्यालयमा चोरी, महत्वपूर्ण उपकरण लुटिए


    १७ माघ २०८१ , बिहिबार

    मझगावाँ प्रशासन कार्यालयमा चोरी, महत्वपूर्ण उपकरण लुटिए

    मर्चवार, माघ १७ । रुपन्देहीको मझगावाँ स्थित इलाका प्रशासन कार्यालयमा चोरीको घटना घटेको छ। कार्यालयका प्रमुख यज्ञराज पोख्रेलका अनुसार, कार्यालयको राष्ट्रिय परिचय पत्र सेवा प्रदान गर्ने कोठा नं. २ को ताला तोडेर अज्ञात व्यक्तिले महत्वपूर्ण उपकरणहरू चोरी गरेका छन्।

    गत राती, अज्ञात ब्यक्तिले ताला तोडेर राष्ट्रिय परिचय पत्र बनाउन प्रयोग हुने ल्यापटप र क्यामरा चोरी गरेका थिए। पोख्रेलका अनुसार, “कार्यालयमा सिसिटीभी क्यामरा छैन, त्यसैले चोरी गर्न आएको व्यक्तिको पहिचान खुल्न सकेको छैन।’’ बिहानी समयमा कर्मचारी कार्यालय आइपुगेपछि ताला तोडिएको अवस्थामा भेटिएको थियो र त्यसपछि सबैलाई सूचित गरिएको थियो।

    यस कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचय पत्र, मधेशी दलित लगायतका प्रमाणपत्र सेवाहरू प्रदान गरिन्छ, जसले स्थानीय समुदायका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। चोरीका कारण सेवा प्रभावित भएको छ।

    इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख, प्रहरी निरीक्षक सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए। “चोरी भएको कार्यालयमा सिसिटीभी क्यामरा छैन, तर नजिकैका अन्य कार्यालयका क्यामराको सहायताले र विभिन्न प्रविधिको प्रयोग गरी कडा अनुसन्धान भइरहेको छ।’’ उनले भने। प्रारम्भिक अनुसन्धान अनुसार, चोरी भएका सामग्रीमा एक थान एचपी कम्पनीको ल्यापटप र एक थान क्यानान कम्पनीको क्यामरा रहेको खुल्न आएको छ।

    प्रहरीले आवश्यक जनशक्तिको साथ अनुसन्धानलाई तीव्रता दिएको छ र चोरको पहिचान र पक्राउ गर्न प्रयास गरिरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.