रुबिना थापा । लुम्बिनीखबर
भैरहवा, १८ माघ । रुपन्देहीमा राष्ट्रिय परोपकार महासंघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति द्वारा श्रीमद् भागव्त धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं.– १५ सेमलार भाटाप्रगति टोलमा फागुन ४ गतेदेखि ११ गतेसम्म महायज्ञ संचालन हुने भएको हो । महासंघले सिद्धार्थनगर स्थित दुर्गा मन्दिरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त महायज्ञको उद्देश्यबारे जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष कमल नयन गौतमले श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ संचालनबाट समाजका विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुहुन्छ,–“धेरै गरियो दान पुण्य, धेरै मागियो यसपालीको दान पुण्य आफ्नै लागि हो ।”
उहाँले भन्नु भयो, –“महायज्ञ समाजसेवाको परोपकारका भावनाले सहयोगी व्यक्तिहरुले गरेको सहयोगबाट विभिन्न कार्यमा सेवा पुग्ने छ । महायज्ञ पश्चात समाजका निम्ति बृक्षरोपण, जडीबुटी बृक्षरोपण गर्ने, बालबालिका केन्द्रीत सेमिनार तथा गोष्ठी गरिने उनीहरुलाई नैतिकता शिक्षा प्रदान गर्ने परिवपाटी सृजना गर्ने छ । जेष्ठ नागरिकहरुलाई तत्कालीन समस्या समाधानका लागि सेवा केन्द्रहरु स्थापना गरिदै, योगसाधना, अराधनासंग जोडेर विचार र मस्तिष्कलाई जोडेर परिवर्तन गराएर समाजलाई सभ्य समाज तर्फ दिशा निर्देश गर्ने परोपकार अभियान रहेको छ । मानव समाजमा तनमनबाट सेवा भाव जगाउने मुल ध्येय रहेको छ ।”
सबै महायज्ञमा सहभागि भई संस्था र यस अभियानका बारेमा पूर्ण जानकारी ग्रहण गर्नुहुन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो,– “सहयोगदाताले जुनसुकै माध्यमबाट आफूलाई सहज र सुलभ तरिकाले सहयोग गर्नुहुने विश्वास छ ।”
राष्ट्रिय परोपकार महासंघका केन्द्रीय सदस्य तुलसीराम भण्डारीका अनुसार,–यस संघले विभिन्न धार्मिक कार्यक्रमहरुबाट उठेका दानले समाजका लागि आवश्यकताअनुसारको सामाजिक कार्य गर्दै आएका छ । अहिले यस रुपन्देही जिल्लामा गर्न गइरहेको श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञबाट उठेको दान, भेटीहरुलाई धार्मिक कार्यहरु गरी समाजलाई सुसज्जित बनाउने बताउनुभयो । अहिलेका पुस्तालाई धार्मिक क्षेत्रमा जोड्न् पनि रहेको बताउनुभयो ।
कार्यक्रममा मुल समारोहका अध्यक्ष हरिध्वज मल्लले परोपकारको भावनाका साथ जिल्लाका विभिन्न ठाउँमा रहेको व्यक्तित्वहरु, संघसंस्थाहरु तथा विभिन्न निकायबाट सहयोग हुनेकुरामा आफू विश्वस्त रहेको बताउनुभयो । साथै सबैको उल्लासपूर्ण सहभागिताको लागि अनुरोध समेत गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख तथा दुर्गा मन्दिरका अध्यक्ष हरि प्रसाद अधिकारीले मानव समाजलाई सभ्य र संस्कृतिमैत्री बनाउनका लागि यस्ता महायज्ञहरु निरन्तर हुनु पर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी शान्ती अधिकारीले सवैको सहकार्यमा मात्र महायज्ञलाई सफल पार्न सकिने भन्दै सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा विभिन्न धार्मिक संघसंस्थाका व्यत्तित्वहरु, उद्योगी व्यवसायी तथा साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।