logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सरस्वती पूजामा जनता सम्झौता सहकारीको शैक्षिक सामाग्री वितरण, २६५ विद्यार्थी लाभान्वित


    २२ माघ २०८१ , मंगलबार

    सरस्वती पूजामा जनता सम्झौता सहकारीको शैक्षिक सामाग्री वितरण, २६५ विद्यार्थी लाभान्वित

    नवलपरासी, माघ २२ । जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडले यस वर्षको सरस्वति पूजाको अवसरमा २६५ जना विद्यार्थीलार्ई शैक्षिक सामाग्री वितरण गरेको छ। सहकारीले आफ्ना कार्यक्षेत्र भित्र पर्ने ११ सामुदायिक विद्यालयका नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कापी, कलम र ईलेजर प्रदान गरि उनीहरूको शिक्षामा सहयोग पुर्याउने प्रयास गरेको हो।

    सहकारीकी सचिव देवकला खनालले जानकारी दिइन् कि यो वितरण कार्यक्रम सुनवल नगरपालिका वडा नं. ११, १२ र १३ (साबिक रामनगर गाबिस) का ११ विद्यालयमा गरिएको हो। सहकारीका अध्यक्ष डोलराज भण्डारीले भने, “हाम्रो उद्देश्य विद्यार्थीहरूको शैक्षिक यात्रामा केही सहजता र सकारात्मक परिवर्तन ल्याउने हो। हामीले संकलित गरेका स्टेसनरी सामाग्रीले विद्यार्थीहरूको पढाइलाई थप सजिलो बनाउन मद्दत पुर्याउनेछ।’’ जनता सम्झौता सहकारीका संचालक समिति, उपसमिति, कर्मचारी र सेयर सदस्यहरूको सक्रियतामा संकलित सामग्रीलाई ११ विद्यालयका २ सय ६५ नयाँ भर्ना भएका विद्यार्थीहरूमा वितरण गरिएको छ।

    शैक्षिक सामाग्री वितरण गर्ने विद्यालयहरूमा जगन्नाथ माध्यमिक विद्यालयमा ७५, धान्याञ्चल माध्यमिक विद्यालयमा ३०, वाकवाणी विद्यालय जर्गाहमा २७, धान्याञ्चल महायज्ञ सेवा सदन ब्लकमा २०, जनता आदर्श विद्यालय हरकट्टामा १८, जय दुर्गे विद्यालय फरौलीमा २०, बाबा बर्दगोरिया विद्यालयमा १९, सार्वजनिक विद्यालय मिश्रौलीमा २१, बनदेबी प्राथमिक विद्यालय घिउडल्लामा २७, जनशक्ति विद्यालय धुर्कोटमा ५ र जयश्री विद्यालयमा ३ जना विद्यार्थी रहेका छन्।

    सहकारीले ११ विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम र ईलेजर जस्ता शैक्षिक सामाग्री प्रदान गरेर उनीहरूको अध्ययनमा योगदान पुर्याउने योजना अनुरूप यो कार्यक्रम सम्पन्न गरेको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.