हाम्रो देशमा सडक दुर्घटनाको दर दिनप्रतिदिन बढ्दै गइरहेको छ । असावधानी, ट्राफिक नियमको उल्लंघन, लापरवाहीपूर्ण सवारी सञ्चालन, सडक पूर्वाधारको अभाव, र अपर्याप्त कानून कार्यान्वयन दुर्घटनाका प्रमुख कारण हुन्। यी दुर्घटनाहरूले हजारौँ निर्दोष नागरिकको ज्यान जाने मात्र होइन, धेरैलाई जीवनभर अपांग बनाइरहेको छ । यस्तो गम्भीर परिस्थितिलाई रोक्न सबै पक्षको साझा प्रयास आवश्यक छ । नागरिक समाज, पैदलयात्री, सवारी चालक देखि सुरक्षाकर्मीहरुले यस प्रति ध्यान दिनु पर्दछ । सवैको साझा दायित्व दुर्घटना न्यूनिकरण गर्नु हो । यसका लागि साझा साधारण र साझा पहल जरुरी देखिन्छ । विद्यालय देखि सडक सम्म सडक दुर्घटनाको शिक्षा प्रदान गर्न र सचेतना कार्यक्रमहरु गर्न जरुरी छ । यसका लागि हामी सवै एकजुट हुनुपर्दछ । सर्वप्रथम, हरेक नागरिकले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्नुपर्छ । सवारी चालकहरूले गति सीमालाई ध्यान दिनुका साथै, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्नुपर्छ । पैदल यात्रुहरूले पनि जेब्राक्रसिङ प्रयोग गर्ने, राति सडक पार गर्दा प्रकाशयुक्त कपडा लगाउने जस्ता सावधानी अपनाउनुपर्छ । नागरिकले यस्ता विषयमा आफै सचेत हुनु जरुरी छ । सचेत नहुनेहरुका लागि पनि यस्ता शिक्षा प्रदान गर्नु पर्दछ । नेपालमा यस्ता विषयमा छलफल र अन्तरक्रिया हुनु पर्दछ । दोस्रो, सरकारी निकायहरूले सडक पूर्वाधार सुधार गर्न विशेष ध्यान दिनुपर्छ । असमतल सडक, ट्राफिक संकेतहरूको अभाव, र अन्धा मोडहरू दुर्घटनाका प्रमुख कारण हुन् । यी समस्याहरू समाधान गर्न सडक मर्मतसम्भार र नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ ।साथै, सार्वजनिक यातायातको व्यवस्थापन सुधार गरी सवारी चाप कम गर्न आवश्यक छ । यहाँको विषयमा ट्राफिक प्रहरी र नागरिक समाजले भुमिका खेल्नु पर्दछ । तेस्रो, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । ट्राफिक प्रहरीलाई आधुनिक उपकरण उपलब्ध गराउनुका साथै, उनीहरूको नियमित तालिम आवश्यक छ । लापरवाहीपूर्वक गाडी चलाउनेहरूमाथि कडा कानूनी कारबाही हुनुपर्छ, जसले अन्यलाई सचेत गराउनेछ । जसले सडक दुर्घटना र न्यूनिकरणलाई सहजीकरण गर्ने छ । चौथो, सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । विद्यालय, कलेज तथा कार्यालयहरूमा सडक सुरक्षासम्बन्धी प्रशिक्षण अनिवार्य गरिनुपर्छ । सामाजिक संजाल, मिडिया, तथा सामुदायिक कार्यक्रमहरू मार्फत जनचेतना अभिवृद्धि गर्न सकिन्छ । सडक दुर्घटना न्यूनीकरण सरकार मात्र होइन, हाम्रै जिम्मेवारी पनि हो । जब हामी सबैले सचेत भएर नियम पालना गर्छौँ, सडकहरू सुरक्षित बन्छन् । त्यसैले, आजैदेखि ट्राफिक नियम पालना गर्ने बानी बसालौँ, सचेत नागरिक बनौँ र दुर्घटनारहित समाज निर्माणमा योगदान पुर्याऔँ । “सुरक्षित यात्रा, सबको अधिकार।” भन्ने मुल मन्त्रलाई आत्मसात गरेर हामी अगाडी बढ्न सक्नु पर्दछ । नेपालमा दुर्घटना बढ्दो छ । दुर्घटना न्यूनिकरणका लागि नागरिक तहबाट पहल र सचेतना गर्नु पर्दछ । वढ्दो दुर्घटनाले नेपालीको बार्षिकरुपमा ठुला धनजनको क्षती भएको छ । यसलाई रोक्नका लागि हाम्रो साझा अभियान हुनु पर्दछ । दुर्घटनाले जसको पनि ज्यान जान सक्ने भएकाले यसका लागि सचेत र जागरुप हुन सकिन्छ ।
लेखक ः लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व प्रेस सल्लाहकार हुनुहुन्छ ।