logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नेविसंघद्वारा भैरहवा बहुमुखी क्याम्पसमा अग्नी नियन्त्रण सामग्री वितरण


    २४ माघ २०८१ , बिहिबार

    नेविसंघद्वारा भैरहवा बहुमुखी क्याम्पसमा अग्नी नियन्त्रण सामग्री वितरण

    लुम्बिनीखबर
    सिद्धार्थनगर, माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटिले सोमवार सरस्वती पुजाको अवसरमा क्याम्पसलाई अग्नी नियन्त्रण सामग्री वितरण गरेको छ ।
    नेविसंघले बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा दुई थान फायर एक्सटिंग्विशर र १० थान डष्टविन क्याम्पसलाई वितरण गरेको हो ।
    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ, वडा नम्बर १३ का अध्यक्ष सोम बहादुर गुरुङ, वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, नेपाली काँग्रेस सिद्धार्थनगरका अध्यक्ष कोशिश बहादुर खड्का, क्षेत्रीय सचिव लेखनाथ भट्टराई, नेविसंघ जिल्ला अध्यक्ष सन्दीप पाण्डे, उपाध्यक्ष आकाश पौडेल, प्रतिक भण्डारी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा चियापान कार्यक्रमका साथै क्याम्पसको आवश्यकतालाई ध्यानमा राखि अग्निी नियन्त्रण सामग्री र डष्टविन वितरण गरेको र अगामी दिनमा पनि गर्नेे नेविसंघ भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटिका अध्यक्ष नवराज अर्यालले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.