logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवा बहुमुखी क्याम्पसमा म्यानेजमेन्ट क्लबको उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न


    २९ माघ २०८१ , मंगलबार

    भैरहवा बहुमुखी क्याम्पसमा म्यानेजमेन्ट क्लबको उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

    भैरहवा, माघ २९ । भैरहवा बहुमुखी क्याम्पसमा म्यानेजमेन्ट क्लबको उद्घाटन तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना क्लबका पदाधिकारीहरूले गरेका थिए। विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रसँगसँगै अन्य व्यावहारिक क्षेत्रहरूको ज्ञान र सिप प्रदान गर्न तथा उनीहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमता बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्लबको स्थापना गरिएको क्लबका अध्यक्ष आशिष अधिकारीले जानकारी दिनुभयो।

    क्लबका उद्देश्य र दृष्टिकोण क्लबका अध्यक्ष आशिष अधिकारीले मञ्चमा क्लबको उद्देश्य र भविष्यको दृष्टिकोण प्रस्तुत गर्दै वर्तमान प्रतिस्पर्धात्मक श्रम बजारमा व्यावहारिक सीपको महत्वलाई प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “डिग्रीले बलियो आधार प्रदान गरे पनि, डिग्रीसँगै हासिल गरिने व्यावहारिक सीपहरूले नै व्यक्तिलाई अरूभन्दा फरक बनाउँछ।” क्लबले विद्यार्थीहरूको नेतृत्व विकासमा योगदान पु¥याउने र उनीहरूको समस्यासमाधान तथा विश्लेषणात्मक सीपहरूको विकासमा सहकार्य गर्ने योजना बनाएको उहाँको भनाइ थियो।

    क्लबकी उपाध्यक्ष आकृति शुक्लाले क्लबका मुख्य उद्देश्यहरूलाई रेखांकित गर्दै शैक्षिक प्रतियोगिताहरू र व्यावहारिक कार्यशालाहरू आयोजना गरेर विद्यार्थीहरूको सृजनात्मकता र समाधान क्षमतामा वृद्धि गर्ने योजना रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई क्लबका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्नुभयो।

    सम्मान कार्यक्रमउक्त अवसरमा नव नियुक्त क्याम्पस प्रमुख सहप्राध्यापक लक्की प्रसाद जोशीलाई विशेष सम्मान प्रदान गरिएको थियो। प्रमुख अतिथिकोरूपमा उपस्थित जोशीले क्लब स्थापना क्याम्पसका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउँदै विद्यार्थीहरूको समग्र विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    सांस्कृतिक प्रस्तुतिहरू र अतिथिहरूको उपस्थितिकार्यक्रमको सुरुमा सीमा यादवले स्वागत मन्तव्य दिनुभएको थियो भने अंकिता गुरुङ्ग र संस्कृति लिम्बुले नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि सहप्राध्यापक लक्की प्रसाद जोशी, विशिष्ट अतिथिहरू उपप्राध्यापक बाबुराम काफ्ले, उपप्राध्यापक डा. पीताम्बर तिवारी, क्याम्पस–विद्यार्थी कल्याण प्रमुख उपप्राध्यापक आरुणाकुमारी भुसाल, र बि.सि.ए./ बि. एस्सी. सि. एस. आइटी./ बी.आई.टी.का संयोजक ई. सुनिल कुमार शाहको उपस्थिति थियो। साथै, बीबीए १, ३, ५, र ८ सेमेस्टरका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

    भविष्यको योजनाक्लबले आगामी दिनमा विभिन्न सीप विकास तालिमहरू, नेतृत्व विकास कार्यशाला, र शैक्षिक प्रतियोगिताहरूको आयोजना गर्ने लक्ष्य राखेको छ। विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्दै उनीहरूको नेतृत्व क्षमतामा टेवा पुर्’याउने यस क्लबको प्रयासले क्याम्पसलाई अझ प्रगतिशील बनाउने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.