अन्जना चौहान ।लुम्बिनीखबर
लुम्बिनी, फागुन । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पाठेघरको क्यान्सर विरुद्ध एचपिची खोप अभियान सुरु भएको छ ।
नगर प्रमुख सजरुद्दिन मुसलमानले स्वास्थ्यकर्मीलाई खोप र खोप सामग्री हस्तान्तरण गरी खोप कार्यक्रम सुभारम्भ भएको हो।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १२९५ किशोरीहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरसम्मका १८ जना किशोरीहरू गरी कुल १३१३ जना लाई बिहीबार खोप लगाइएको स्वास्थ्य शाखाले जनाएको छ।
खोप कार्यक्रम फागुन १ गतेदेखि ६ गतेसम्म १३ वटै वडाका विद्यालयमा खोप केन्द्रबाट लगाइने छ भने अन्तिम दिन १२ वटा स्वास्थ्य संस्था मार्फत खोप सञ्चालन हुने नगर स्वास्थ्य शाखा प्रमुख धुर्वराज घिमिरेले बताउनुभयो ।

कार्यक्रमका लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमान, प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवाली, नगर स्वास्थ्य शाखा प्रमुख धुर्वराज घिमिरे लगायत विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।