logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सहकारीको रकम हिनामिना गरेका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी


    २ फाल्गुन २०८१ , शुक्रबार

    सहकारीको रकम हिनामिना गरेका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, फागुन । देश भरमा सहकारीको पैसा हिनामिना काण्डले पश्चिम नवलपरासी पनि बाकी रहेन। पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०४ पाल्ही स्थित पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडमा ८५ लाख भन्दा बढि रकम ठगीको आरोप लागेका व्यवस्थापक मुनलाल यादव सहित १५ जना विरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको छ ।

    पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले १५ जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।

    जिल्ला अदालत नवलपरासीले पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजकिशोर गुप्ता , उपाध्यक्ष नाथु माली सदस्य वीरेन्द्र यादव ,कमला गौड, संजय कुर्मी ,सुरेश कुर्मी ,रामसेवक कुर्मी ,रविन्द्र पासी ,प्रमोद यादव ,सुग्रीम तिवारी र रामानन्द यादव विरुद्ध पनि पक्राउ पुजी जारी भएको छ ।

    यस्तै लेखा संयोजक सन्तराम यादव लेखा सदस्य जानकी कुर्मी ,इजहर दुनिया तथा व्यवस्थापक मुनलाल यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९र८० को कार्यसमिति र व्यबस्थापकको गैरजिम्मेवारी तरिका का कारण हाल सम्म लेखा परीक्षण हुन सकेको थिएन। गत असार २९ गते लेखा परीक्षण भई कर चुक्ता लिएका छन्। हाल अहिले २०८०र०८१ को लेखा परीक्षण बाँकी नै रहेको छ।

    व्यवस्थापक मुनलाल यादवले गत आर्थिक वर्ष सम्म लिएको पेस्की ३७ लाख १ हजार ९ सय ९० रूपयाँ हाल सम्म फर्छ्यौट गराउन सकेका छन् भने संस्थाको ४८ लाख ७८ हजार ७ साय ६५ रूपयाँ सम्म नगद मौज्दात गरी कुल ८५ लाख ८० हजार ७ सय ५५ रूपयाँ अपचलन भएको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ।

    पुरुष ९७९ र महिला ३९७ गरी कुल १३७६ सदस्य रहेको यस संस्था हाल व्यवस्थापक मुनालाल यादवको कारण यस वर्ष जोखीम कर्जा कोषमा समावेश ४१ लाख ४१ हजार ९ सय ७९ रूपयाँ बाहेक ८ लाख १ हजार ९१ रूपयाँ नोक्सान रहेको देखिएको छ।

    विगतमा मुनाफामा संचालित आफनै उपयुक्त स्थानमा जग्गा र कम्पाउन्ड, गोदाम र नयाँ पुरानो भवन समेत भएको तथा जोखिम कर्जा कोष बाहेक रु। १ करोड ८ लाख ११ हजार ८७ रूपयाँ विभिन्न कोषमा रकम भएको यस संस्था यसरी नोक्सानमा जानु सञ्चालक समिति तथा व्यवस्थापकको कमी कमजोरीका कारण भएको स्पष्ट रूपमा देखिन्छ ।

    यसरी व्यवस्थापक मुनलाल यादव र सञ्चालक समितिका कारण ८५ लाख भन्दा बढि रकम हिनामिना भएको तथा ४१ लाख भन्दा बढी घाटामा रहेकोका कारण संस्था मार्फत वितरण हुने मल,बीउ,ऋण आदिको लाभ जनताले लिन सकेका छैनन्।

    यसरी हेर्दा देशभर सहकारीले गर्दा लाखौं जनता पीडित भई रहँदा हाल पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४,५,६ र रामग्राम नगरपालिका वार्ड नं ९ का जनता पिडित भएका छन्। व्यवस्थापकले नै लाखौंका रकम हिनामिना गरेका हुनाले जनता पिडित भएका छन्। अपचलित रकम असुल गरी ऋण लगानी तथा जोखिम कर्जा कोषमा लागि सो बराबरको रकम नोक्सान कट्टा गरी संस्थाको वासलातमा सन्तुलन गर्न सकिने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन पिडितहरु आग्रह गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.