logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मदार बाबा मेला फागुन ५ गतेदेखि सुरू हुँदै


    ३ फाल्गुन २०८१ , शनिबार

    मदार बाबा मेला फागुन ५ गतेदेखि सुरू हुँदै

    ज्ञानेश्वर साहनी/नवलपरासी


    फागुन ३ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा हरेक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक मदार बाबा मेला यस वर्ष फागुन ५ गतेदेखि सुरू हुने भएको छ। हिन्दू र मुस्लिम समुदायबीचको धार्मिक सहिष्णुता र आपसी सद्भावको प्रतीक मानिने यो मेला विशेष गरी नवलपरासी र नवलपुरको मदारिया पहाडमा अवस्थित मदार बाबा (मदर हसन) को मजारमा लाग्ने गर्दछ।

    नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन तथा दर्शनार्थीहरू मेलामा सहभागी हुने गर्दछन्। धार्मिक आस्था, सांस्कृतिक विविधता, र व्यापारिक गतिविधिहरूको संगमस्थलका रूपमा परिचित यस मेलामा विशेष रूपमा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, र विभिन्न व्यापारिक स्टलहरू रहनेछन्। मदार बाबा मेलाको मिति हिजरी पात्रोअनुसार निर्धारण गरिने भएकाले हरेक वर्ष मेलाको मिति फरक पर्ने गर्दछ। स्थानीय प्रशासन, मजार व्यवस्थापन समिति तथा सरोकारवाला निकायहरूको छलफलपछि यस वर्ष फागुन ५ गतेदेखि मेलाको औपचारिक सुरूआत गर्ने निर्णय भएको हो।

    दुई जिल्लाको सीमामा पर्ने भएकाले मेलालाई व्यवस्थित र सुरक्षित बनाउन नवलपुर तथा नवलपरासीका सुरक्षा निकायहरूले संयुक्त रूपमा सुरक्षा योजना बनाएका छन्। मेलामा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा संयन्त्रहरू विशेष सतर्कता अपनाउँदै मेलास्थलको सुरक्षा व्यवस्था कडा पार्ने भएका छन्।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार मेलाको समयमा भीड व्यवस्थापन, शान्ति–सुरक्षाको सुनिश्चितता, र आकस्मिक उद्धारका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइएको छ। मेलास्थल वरपर निगरानी बढाइने, सिसीटिभी क्यामेरा जडान गरिने तथा शान्ति सुरक्षाका लागि विशेष गस्ती परिचालन गरिने उनले बताए।

    मदार बाबा मेलामा सम्भावित अपराधिक घटना नियन्त्रण तथा दुर्घटना रोक्न, प्रहरीको कामलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । अरुबेला भन्दा पनि मदार बाबा मेलामा २५० भन्दा बढी ट्राफिक प्रहरी , नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको फुयालले बताउनुभयो । अवैध गतिविधि गर्नेहरुलाई ठाउँको ठाउँ कारवाही गर्नेगरी प्रहरी चौबीसैं घण्टा आम नागरिकको सुरक्षामा खट्ने उनको भनाई छ भने भारतबाट मदार बाबा मेला आउने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भनेर पोशाकका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताउनुभएको छ।

    आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्किने नेपाली तथा भारतियहरूमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य प्रहरीले शुरु गरेको छ ।

    धार्मिक एवं सांस्कृतिक महत्व बोकेको मदार बाबा मेला व्यापारिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। मेलामा स्थानीय व्यवसायीहरूले व्यापार गर्दै आएका छन भने नेपाल–भारत सीमा क्षेत्रका व्यवसायीहरूले पनि आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् ।

    स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने यस मेलाले क्षेत्रीय एवं धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। धार्मिक श्रद्धालुहरूका लागि मात्र नभई सांस्कृतिक अध्ययन गर्नेहरूका लागि पनि यो मेला आकर्षणको केन्द्र बन्ने गरेको छ । मदार बाबा मेलाले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता, र आपसी भाइचारा अभिवृद्धि गर्ने मात्र नभई नवलपरासी तथा नवलपुर का आसपासका क्षेत्रहरूमा सामाजिक तथा आर्थिक गतिविधि प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.