logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कुम्भमेलाले बढाएको धार्मिक पर्यटक


    ५ फाल्गुन २०८१ , सोमबार

    कुम्भमेलाले बढाएको धार्मिक पर्यटक

     

    छिमेकी देश भारतमा आयोजना हुने कुम्भमेलाले धार्मिक पर्यटनको विश्वव्यापी पहिचान बनाइसकेको छ । करोडौं भक्तजनको सहभागिता, अध्यात्मिक साधना, र धार्मिक परम्पराको संगम यस पर्वलाई विशेष बनाउछ । भारतमा पछिल्लो समय लागिरहेको प्रयागराज कुम्भमेलाले संसारभर चर्चा बटुलेको छ । यो मेलामा संसारकै सबैभन्दा ठूलो मानव जमघट भएको क्षेत्रको रुपमा परिभाषित भएको छ । प्रत्येक १२ वर्षमा हुने यो मेला यो वर्ष १४४ वर्षमा लाग्न लागेको महत्वपूर्ण योग जुरेको वर्ष हो । ४५ दिन सम्म लाग्ने यो कुम्भमा दैनिक लाखौ भक्तजनहरु दर्शनका लागि आउने गरको छन् । उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा महाकुम्भ मेला चलिरहेको छ । भारतको विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारको संयुक्त आयोजनामा गत १३ जनवरीमा सुरू भएको महाकुम्भ मेला २६ फेब्रुअरीसम्म चल्नेछ । महाकुम्भ मेलालाई धर्म, संस्कृति र आत्मखोजको प्रतीकको रूपमा वर्णन गरिएको छ । उत्तर प्रदेश सरकारका अधिकारीहरूले पनि महाकुम्भ मेलालाई विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटको रूपमा व्याख्या गरेको छ । भारतको संघीय सरकारले पनि महाकुम्भ मेलालाई आध्यात्मिक र सांस्कृतिक महत्व रहेको बताएको छ । यसको उत्पत्ति पौराणिक समुद्र मन्थनबाट भएको बताइन्छ । जसको थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक खसेका थिए । यी स्थानहरूमा गरिने स्नानलाई आत्मा शुद्धीकरण र आत्म साक्षात्कारको प्रतीक रूपमा लिने गरिन्छ । महाशिवरात्रिका दिन अन्तिम स्नानसँगै महाकुम्भ मेला समापन हुनेछ । महाकुम्भ मेलामा करोडौ भक्तजनहरू उपस्थित हुने अपेक्षा गरिएको छ, जसमा १५ लाख विदेशी पर्यटकहरू छन् । अघिल्लो मेलाभन्दा यो संख्या करिब दोब्बर हो । यसअघिको कुम्भ मेलामा २५ करोड भक्तजनहरू सहभागी बनेका थिए ।

    । यसले मानिसको जमघट मात्र होइन धार्मिक पर्यटकको रुपमा भारतलाई अग्रस्थानमा पुराएको छ । वार्षिक लाखौ मानिसले एक स्थलमा धर्ममा लागि पुग्ने यो स्थल संसारको धेरै मानिस पुग्ने धार्मिक स्थल हुन पुगेको छ । यसले धार्मिक पर्यटकका हिसाबले अर्थतन्त्रलाई पनि सहयोग पुराउने छ । भारतमा धेरै स्थलमा लाग्ने कुम्भमेलाले सनातन धर्मलाई संरक्षण गर्न सहयोग पुराएको छ । भारत सरकारले यस्ता धार्मिक मेलाहरुलाई सहयोग पुराउदै आएको देखिन्छ । सरकारले नै देशलाई समृद्धि बनाउनका लागि आयोजना गर्ने यस्ता धार्मिक कार्यक्रमहरु भारतका लागि प्रमुख प्राथामिकतामा पर्ने गरेको छ । नेपालका लागि पनि कुम्भमेला महत्वपूर्ण अवसर हो, किनभने यसले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्छ । कुम्भमेलाका क्रममा नेपालबाट लाखौं श्रद्धालु गंगा स्नानका लागि प्रयागराज, हरिद्वार, नासिक र उज्जैन पुग्ने गर्छन् । यस अवसरमा साधु–सन्त, तिर्थयात्री र धार्मिक पर्यटकको उल्लेख्य वृद्धि हुन्छ । नेपालका मठ–मन्दिर, गुरुकुल र आध्यात्मिक संघसंस्थाहरूले समेत यस मेलालाई विशेष ध्यान दिएका हुन्छन् ।
    धार्मिक पर्यटनले नेपाललाई पनि आर्थिक रूपमा फाइदा पु¥याउन सक्छ । लुम्बिनी, पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथ जस्ता पवित्र स्थलहरूमा आउने पर्यटकलाई लक्षित गर्दै नेपाल सरकारले प्रभावकारी नीति बनाउनुपर्ने आवश्यकता छ । भारतमा जस्तै नेपालमा पनि धार्मिक मेलाहरूलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने हो भने धार्मिक पर्यटकको आगमन उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ ।
    नेपालले कुम्भमेलाका अवसरहरूलाई उपयोग गर्दै आफ्ना धार्मिक सम्पदाहरूको प्रचार–प्रसारमा जोड दिनुपर्छ । आध्यात्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने योजनाहरू बनाई ठोस कार्यान्वयन गर्न सकियो भने नेपाल धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्न सक्छ । नेपाल सरकारले पनि नेपालमा धार्मिक पर्यटन क्षेत्रको विकासमा काम गर्न जरुरी छ । यसका लागि राज्य तथा जनस्तरबाट एकतावद्ध भएर काम गर्न जरुरी छ ।

    लेखक लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका पूर्व प्रेस सल्लाहकार हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.