रमा पन्थी । लुम्बिनीखबर
भैरहवा, फागुन । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले विभिन्न तहका सदस्यहरूको सशक्तीकरण तथा दक्षता अभिवृद्धि गर्न प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
भैरहवामा रहेको नेपाली काङ्ग्रेसको पाटि कार्यालयमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा आज देखी प्रशिक्षण दिइने बताइएको हो ।
प्रशिक्षण कार्यक्रममा महासंघका नेतृत्वकर्ताहरू, प्रशिक्षकहरू तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रशिक्षणको उद्देश्य आफ्ना सदस्यहरूलाई ऐतिहासिक, राजनीतिक, सामाजिक तथा आर्थिक विषय र अबस्थामा अहिले अवस्था र सम्भावना विशेषमा जानकारी गराउनुका साथै उनीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नु रहेको छ। कार्यक्रममा नेपाली कांग्रेसका आदिवासी जनजाति नीति, विचार, सिद्धान्त तथा संगठनात्मक भूमिकाबारे विशेष छलफल गरिएको थियो। साथै, स्थानीय स्तरमा महासंघका गतिविधिहरूलाई प्रभावकारी बनाउन आवश्यक रणनीतिहरूबारे २ दिन सम्म भैरहवामा एक कार्यक्रम हल भित्र प्रशिक्षण गरिदै छ।
प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता रहेका थिए।
उनले आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न महासंघको भूमिकालाई महत्वपूर्ण भएको बताउँदै, सशक्त संगठन निर्माणका लागि निरन्तर क्षमता विकास आवश्यक रहेको धारणा व्यक्त गरे।
महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई बधाई दिँदै, आगामी दिनमा महासंघले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
यस प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा कार्यरत महासंघका सदस्यहरुको विकासका चाहना तथा आवश्यकताको पहिचान गरी त्यस्ता कार्यहरूमा महासंघका साथीहरूलाई सक्रिय गराउन । यिनै उदेश्यहरु प्राप्तिका लागि फाल्गुण ९ र १० गते नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम राखिएको छ ।
उक्त कार्यक्रमको उदघाटन समारोहको प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, नेपाली कांग्रेसका उपसभापति एवं नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्ण बहादुर खड्का रहनु भएको छ। प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका सबै जिल्ला बाट २०० प्रशिक्षार्थीहरुको उपस्थिति रहेको छ ।