logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भानु मा.वि.ले मनायो ४९औँ वार्षिकोत्सव


    ९ फाल्गुन २०८१ , शुक्रबार

    भानु मा.वि.ले मनायो ४९औँ वार्षिकोत्सव

    रुबिना थापा । लुम्बिनीखबर
    मायादेवी, ९ फागुन । भानु माध्यमिक विद्यालय भैहवाको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
    शुक्रबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको हो ।
    वि.सं.२०३३ सालमा स्थापना भएको विद्यालय ४९औँ वर्षमा प्रवेश गरेको छ । हाल विद्यालयमा ३७ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् भने ६ सय ९४ विद्यार्थीहरु अध्ययनरत छन् ।
    विद्यालयमा पूर्व प्राथमिक तह देखि माध्यमिक तहका विभिन्न संकाय सञ्चालनमा रहेको छ ।


    भानु माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले समाजको रुपान्तरणका लागि शिक्षाको महत्वपूर्ण भुमिका भएकोले विद्यालयहरु यसको संवाहक भएको बताउनुभयो ।
    उहाँले भन्नुभयो,–‘भैरहवाको शिक्षालाई अगाडि बढाउनको लागि सधंै दौडिरहेको भन्दै गुणस्तर र प्राविधिक शिक्षालाई ध्यान दिइरहेको छ ।’
    सिद्धार्थनगर नगर प्रमुख इस्तियाह अहमद खानले ४९ औँ वार्षिक उत्सवको शुभकामना दिदैं विद्यालय शिक्षा तथा नयाँ पुस्ताका लागि अनिवार्य रहेकोले गुणस्तर शिक्षा दिनुपर्ने बताउनुभयो ।
    सिद्धार्थगनर नगरपालिकाका उप–प्रमुख उमा अधिकारीले शिक्षा र सीप भयो भने छोराछोरीहरुले कहिल्यै पनि जीवनमा हार खानु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–‘ विदेशमा मात्र गएर जिन्दगी उज्जवल हुन्छ भन्ने कुरा मात्र सत्य नभई स्वदेशमै बसेर नयाँ पुस्ताहरुलाई प्रेरणा दिनुपर्छ ।’


    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले ४९ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउनु पाउनु गर्भको विषय रहेको बताउनुभयो । ४९ औँ वर्षसम्म भानुले देखाएको शैक्षिक प्रगतिले आगामी दिनमा प्राविधिकयुक्त शिक्षाका लागि फट्को मार्नेमा आफ्नो अपेक्षा रहेको बताउनुभयो ।
    सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा अधिकृत जाहन्वी पाण्डेले विद्यालयहरु सरकारी नीति र नियम भित्र रहेर गुणस्तर शिक्षा दिनका लागि आग्रह गर्नुभयो । सरकारी विद्यालयहरु विद्यार्थीहरुको रोजाईमा पर्न थालेकोले गुणस्तर शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीले विद्यालयको आज सम्मको निरन्तरताका लागि सबैको भूमिका अमूल्य रहेको बताउनुभयो ।
    उहाँले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भानु मा.वि. यस क्षेत्रको गुणस्तर शिक्षा प्रदान गर्ने सबैको साझा र सर्व शुलभ विद्यालय भएको बताउनुभयो । प्रधानाध्यापक सुवेदीले अभिभावकहरु आफ्ना छोरा छोरीहरुको लागि विशेष ध्यानदिनु हुन आग्रह गर्दै पठन पाठनमा सहयोग पु¥याउन समेत सल्लाह दिनुभयो ।

    कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक पवित्रा कोइरालाले विद्यालयको प्रगतिमा अहोरात्र खट्नुहुने विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षिका, अभिभावक र अन्य शिक्षाप्रेमीहरुको महत्वपूर्ण योगदान रहेको बताउदै आफ्नो स्वागत मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यार्थी र सरोकारवाला निकायको उपस्थितिमा वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.