लुम्बिनीखबर
भैरहवा, १३ फागुन । भारतको उडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भेटघाट गर्नुभएको छ ।
सोमबार सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनीस्थित लम्साल निवासमा पुगेर पूर्वमन्त्री बस्नेतले परिवारसँग भेटघाट गर्नुभएको हो ।
प्रकृतिको बुवा सुनिल लम्साल, आमा सुनिता शर्मा लम्साल र परिवारलाई भेटेर बस्नेतले समवेदना प्रकट गरेको बस्नेत स्थानीय प्रकाश पाण्डेले बताउनुभयो ।
बस्नेतले स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘घटनामा संलग्न दोषीहरुलाई कारवाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभएको पाण्डेले जानकारी दिनुभयो ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षियप्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।