लुम्बिनीखबर
भैरहवा, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको व्यवस्थापन तथा युएनडीपीको सहयोगमा रुपन्देहीको भैरहवामा मानव अधिकार र व्यवसायमा पालना गर्नुपर्ने दायित्वहरु विषयक कार्यशाला भएको छ ।
कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले श्रमिकसँगै उद्योगी–व्यवसायीको मानव अधिकार संरक्षण र सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठानको मानव अधिकार हनन् भइरहेकाले अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ हसंराम पाण्डेले मानव अधिकार र व्यवसायबीच घनिष्ट सम्बन्ध रहेको बताउनुभयो । उनले मानव अधिकार र व्यवसाय कुनै न कुनै रुपमा सम्बन्धित रहेको बताए ।
कार्यक्रममा मानव अधिकार क्षेत्रमा कार्यरत संघसस्था तथा स्थानीय व्यापारीहरुको सहभागी रहेको थियो ।